रमन वन
खोटाङमा एक घर आगलागी भएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका वडा नं.९ सल्लेस्थित अम्बोटे टोल निवासी जमसरी राइको ढुंगा, माटो र खरको छानो भएको तिन तले घर केटीले आगोजन्यवस्तु चलाउँदा पूर्णरुपमा जलेर नष्ट भएको हो।
शुक्रबार अपरान्न करिब १ बजेदेखि लागेको आगो वडा कार्यालय स्थानीयवासी एवम् अर्खौले प्रहरीचौकीको सहयोगबाट बेलकी ५ बजे नियन्त्रणमा आएको वडाध्यक्ष काँसीराज राईले जानकारी दिनुभयो ।
आगलागीबाट नगद १० हजारसहित अन्नपात, लत्ताकपडा,भाँडाकुडालगायतका सामाग्रीहरु जल्दा अन्दाजी ३ लाख बराबरको क्षति भएको वडाध्यक्ष राईकोे भनाइ छ।



Comments
