कपिलवस्तु –राप्रपा कपिलवस्तुको तौलिहवामा संपन्न अधिबेशनले नारायण बहादुर सिंहको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो । सिंह निर्बिरोधरुपमा अध्यक्षमा चयन हुनु भएको छ । उपाध्यक्षमा ईद्रीस मुसलमान, सचिवमा प्रेम शंकर शुक्ला र चन्दू भन्डारी, रहनु भएको छ । अन्य पदाधिकारीहरु केही दिन मै चयन हुने निर्वाचन समितिले जनाएको छ ।
अधिबेशनमा पार्टीका बरिष्ठ नेता दीपक बोहोरा, निरंजन श्रेष्ठ, प्रदीप उदय, कैलाश गूरुङ, श्याम तिमिल्ःिसना लागतयले एकीकृत बनेको पार्टीलाई थप सशक्तढंगले अघि बढाउनु पर्नेमा बताउनु भयो । नव निर्वाचित अध्यक्ष सिंहले आफुले पार्टीलाई थप मजबुद बनाउन र पार्टीको बिस्तारमा सशक्तढंगले लाग्ने बताउनु भयो ।