कपिलवस्तु-नेपाल भारत मैत्रिपूर्ण नृत्य प्रतियोगिताको फाइनल अडिसन आगामी भदौ १९ हुने भएको छ ।छमछमि ईन्टरटेमेन्ट प्रालिको आयोजनामा संचालित नित्य प्रतियोगिता
कोभिड महामारीको दोस्रो लहर सगैं रोकिएको फाइनल अडिसन विविध सांस्कृतिक समारोहका विच कपिलवस्तुको गोरुसिंगेमा समापन गरीने प्रालीका निर्देशक सुमन पौडेलले जानकारी दिनु भयो ।
लामो समय देखि रोकिएको नेपाल भारत मैत्रिपूर्ण नृत्य प्रतियोगिताको फाइनल अडिसन नेपाल सरकारले दिएको स्वास्थ्य मापदण्ड लाई मध्यनजर गर्दै विभिन्न सुरक्षाका साधनहरु प्रयोग गर्दै कार्यक्रमको समापन गरीने बताउनु भयो ।
फाइनल राउण्डमा अव पाँच प्रतिप्रधि नेन्सी पराजुली,आर्जित थापा मगर रेहान्स उपाध्य, कलि मौर्या र रेहान खान प्रतिशप्रधाको मैदान बाट एक जनाले नेपाल भारत मैत्रिपूर्ण नृत्य प्रतियोगिताको उपाधि हात पार्ने छन । फाइनल अडिसनलाई सांस्कृतिमय वनाउन आधा दर्जन कलाकारको सहभागि रहने आयोजकले जनाएको छ ।