असिम भट्टराई/कपिलवस्तु
पछिल्लो समय सामाजिक सञ्जाल र युट्यूबमा छाएका युवा गायक तथा संगीतकार मिलन कँडेल बिगत ६,७ बर्ष देखी संगीत क्षेत्र लाई नै आफ्नो करीयर बनएका उनको जन्म गौतम बुद्दको भुमी कपिलवस्तुमा भएको थियो!!करीब ७ बर्षको यो यात्राामा मिलनले गीत गाउनेमात्र नभएर , शब्द रचना , संगीत सङ्गै एरेन्जिङ्ग सम्म गर्न सक्ने,मिलनले हल्ला फिजायो बाटो पहिलो संगित डेब्यु गरेका थिए क्रमश मादलु , कस्तो माया ,मर्ने एउटै बाटो हुन्छ लगायत को सफलता पछी दर्शक हरुको माझ मर्ने एउटै बाटो २ बजारमा ल्याएका छन् !!उनका भजन गितरु पनि उत्तिकै लोकप्रिय छन् । एउटै बाटो २ गितको बोल्मा शब्द संगीत र एरेन्ज मिलन आँफैको रहेको छ भने गायिका एलिना चौहान सँगको जुगल्बन्धी स्वर ले निक्कै राम्रो बनेकोमा मिलन ढुक्क छन, उनी भन्छ्न् यो एक फिल्म हो जहाँ हाम्रो समाज र मानव प्राणिको वास्तविक कुरा लाई गीत संगीत मार्फत उतार्ने प्रयास हामिले गरेका छौं । २ बर्षको ब्रेक पछी ल्याएको उनको कोसेलीले अन्यरचनोमा जस्तै दर्शकहरुको साथ पाउनेमा विश्वस्तछन !!