कपिलवस्तु १८ असोज
अनेरास्वियु सिद्धार्थ क्याम्पस कमिटिको आयोजनामा क्याम्पस परिसर भित्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । क्याम्पसलाई सरसफाई र हरावरा बनाउन सयभन्दा बढी फुलका विरुवाहरु रोपिएको हो । क्याम्पस परिसर भित्र सयपत्री , मखमली , गुलाब लगायत विभिन्न जातका फुलका विरुवाहरु रोपिएको हो । उक्त कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सदस्य तथा सिद्धार्थ क्याम्पसका स्ववियु सभापति शुसिल खत्रीले विरुवा रोपेर कार्यक्रमको शुरुवाँत गर्नु भएको थियो । आफ्नो क्याम्पसलाई आफै नै राम्रो बनाउनु पर्ने विद्यार्थीको दायित्व भएकाे उहाँले जनाउनु भयो ।त्यसैगरी अब क्याम्पसमा बाहिरी जिल्लाबाट आउने विद्यार्थीहरूलाई हाेस्टेलकाे व्यवस्था गरिने र आफुले बाेल्दै आएका कुराहरू आजसम्म गरेर देखाएकाे भन्दै जहाँ विद्यार्थीलाई समस्या पर्छ त्यहा स्ववियु रहेको सभापति खत्रीले बताउनु भयाे । स्ववियुका सचिव दिनेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियु जिल्ला काेषाध्क्ष अन्जित खनालले सिद्वार्थ क्याम्पसको घाेषणा पत्रमा लेखेका कुराहरू पूरा गरेको बताउनु भयाे । स्ववियुका सचिवालय सदस्य सन्दिप न्यौपानेको सञ्चालनमा भएको कार्यक्रममा क्याम्पस प्रमुख खेमराज शर्माले बोल्दै विद्यार्थीले गरेको कामलाई सह्राना गर्नु भएको थियो । अखिलका सागर बन्जाडेले स्वागतमा मन्तव्य दिदै जिल्ला भित्र वा जिल्ला बहिरका सबै बिद्यार्थी साथिलाई सिद्धार्थ क्याम्पस आफ्नो रोजाईमा परेकोमा धन्यवाद ब्यक्त गर्दै , सम्पुर्ण बिद्यार्थी साथिहरु अनेरास्ववियुको रक्त रन्चित कलम र तारा अंकित झान्डा भित्र गोल्बद्धा हुनको लागी आग्र गर्दै अनेरास्ववियु सधै बिद्यार्थी को साथी हो।
कार्यक्रममा विद्यार्थीहरू कोपिला गिरी , क्रान्तिकारीका पुष्कर भुषालले समेत आआफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा विद्यार्थीहरुको बाक्लो सहभागिता रहेको थियो ।