दशै शुभकामना Set 1
दशै शुभकामना Set 2

झण्डै ४८ हजार जनाको उम्मेदवारी दर्ता, आयोगले विवरण तयार गर्दै

0

काठमाण्डाै – वैशाख ३० गते हुने पालिका चुनावका लागि झन्डै ४८ हजार जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगलाई बेलुका ५ बजेसम्म प्राप्त भएको विवरणअनुसार ४७ हजार ६ सय १७ जनाले मनोनयन दर्ता गराएका छन् ।

मेयर पदमा एक हजार ६ सय २३ जना, उपमेयरमा नौ सय ९२, गाउँपालिका अध्यक्षमा एक हजार ६ सय ६ जना र उपाध्यक्ष पदमा एक हजार ४५ जनाले मनोनयन दर्ता गराएका छन् ।

यस्तै १२ हजार एक सय ५१ जनाले वडाध्यक्ष, सात हजार पाँच सय ९९ जनाले महिला सदस्य, ६ हजार ६ सय ३७ जनाले दलित महिला सदस्य र खुला सदस्यका लागि १६ हजार चार जनाले मनोनयन दर्ता गराएका छन् ।

जिल्ला जिल्लाबाट विवरण आउने क्रम चलिरहेकाले यो सङ्ख्यामा घटबढ हुन सक्ने आयोगले जनाएको छ।

bijayanagar
Comments
Loading...