वन डढेलोबाट बचौ र बचाऔं

स्याङ्जामा कुनै उम्मेदवारविरुद्ध परेन उजुरी

0

८ माघ, स्याङ्जा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जाका दुवै निर्वाचन क्षेत्रका उम्मेदवारविरुद्ध कुनै पनि उजुरी परेको छैन । तोकिएको समयभित्र कसैले पनि उम्मेदवारको योग्यतामाथि दाबी विरोध नदिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लाका दुई निर्वाचन क्षेत्रबाट कुल २८ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये निर्वाचन क्षेत्र नम्बर १ मा १३ जना चुनावी प्रतिस्पर्धामा छन् । यस क्षेत्रमा ११ जना विभिन्न राजनीतिक दलका उम्मेदवार छन् भने दुई जना स्वतन्त्र उम्मेदवार रहेका छन् । यस्तै, निर्वाचन क्षेत्र नम्बर २ मा तीन जना स्वतन्त्रसहित १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।उजुरी नपरेपछि दर्ता भएका सबै उम्मेदवारको मनोनयन कायम रहेको छ । निर्वाचन कार्यालयका अनुसार अब उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गर्ने, इच्छुकले उम्मेदवारी फिर्ता लिन सक्ने समय दिने र अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका अनुसार काम अगाडि बढाइनेछ ।

मतदान मिति नजिकिंदै जाँदा जिल्लामा चुनावी माहोल तातिंदै गएको छ भने सुरक्षा व्यवस्था र व्यवस्थापकीय तयारीलाई पनि तीव्र बनाइएको छ ।

Comments
Loading...