दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

बुद्धभूमिमा वार्षिक समिक्षा , उत्कृष्ट काम भएको ठहर

0

बुद्धभूमि । बुद्धभूमि नगरपालिका ले आर्थिक वर्ष २०७९र/०८० को निति कार्यक्रमको समिक्षा गरेको छ । नगरले गरेका बिकास निर्माण तथा अन्य कामहरुको वार्षिक समिक्षा एक कार्यक्रमका बिच गरेका हो ।नगरले आयोजना गरेको समिक्षा कार्यक्रममा विषयगत शाखा प्रमुखहरुले नगरभित्र भएका काम र उत्पन्न समस्या आगामी दिनमा सुधारका योजना समेत प्रस्तुत गरेका थिए ।
बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले भौतिक पूर्वाधार तर्फ नगरपालिकाले एक वर्षको अवधिमा ७. १३ कि मि सडक कालोपत्रे गरेको बताए। उनका अनुसार १२.८९ कि मि सडक ग्राबेल र ७.३७ कि मि सडक पिसिसी भएको छ । ५.२६ किलोमिटर नाली र ६.८६ किलोमिटर सिंचाई कुलो निर्माण कार्य सम्पन्न भएको उनले जानकारी दिए । उनले धार्मिक मठमन्दिरको संरचना तथा निर्माणतर्फ ४२ वटा काम भएको जानकारी दिदैं छाडाचौपयाको व्यवस्थापनको लागी ३ किलोमिटर तारबार गरिएको बताए ।
गत बर्षका २ वटा योजनालाई यस आर्थिक बर्ष समेत निरन्तरता दिनुपर्ने बाध्यता भएको बताउँदै उनले भने, “टेण्डर भएको भेलाई-पुरेना-गोरुसिंगे-बक्डेरिया सडक योजनामा ठेकेदार दुर्घटनामा परेकाले समयमै सम्पन्न गर्न सकिएन् । त्यसैले सोही सम्झौतालाई म्याद थप गरेर यही भदौसम्म सम्पन्न गर्ने भनेर लागेका छौं ।”

वडा नम्बर ७ मानपुरमा निर्माणाधिन स्वास्थ्य चौकीको काम टेण्डरको ढिलाईका कारण सम्पन्न नभएकाले यस आर्थिक बर्षमा निरन्तरता दिएको उनले प्रष्ट पारे । गौरवको आयोजनाका रुपमा रहेको १५ शैयाको अस्पतालको निर्माणको काम यसै आर्थिक बर्षमा सक्ने गरि तीब्र रुपमा काम भएको उनले जानकारी दिए ।हुलाकी राजमार्गसंग जोडिने टिक्कर -बुड्ढी -विजगौरी सडकलाई समेत नगरपालिकाले गौरवको योजनाका रुपले लिएको उनले बताए ।

त्यसका लागी प्रदेश र केन्द्र सरकारसंग थप बजेटको लागी पहल र प्रयास भईरहेको उनको भनाई छ । उनले बुड्ढी ताल बाह्य पर्यटक भित्राउन ठूलो आन्तरिक स्रोतका रुपमा समेत रहेको बताए । बुड्ढी तालले नगरपालिकाको पहिचान कायम गर्ने जिकीर गर्दै उनले भने, ” डिपिआर अनुसार त्यहाँ बन्ने पुर्वाधारलाई सम्पन्न गरि संचालन गर्नको लागी सुचना आह्वान गरेर निजि क्षेत्रलाई २५/३० बर्षको लागी लिजमा उपलब्ध गराउने निर्णय भएको छ । यसको कार्यान्वयनको लागी लागिरहेका छौं ।’

कार्यक्रममा नगरका सम्पुर्ण विषयगत शाखाका कर्मचारी, स्थानिय राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि पत्रकार लगाएतको उस्थिति रहेको थियो । कार्यक्रममा आएका रचनात्मक सुझावलाई नगर प्रमुख श्रेष्ठले नगरको समग्र विकास निर्माणमा सबैको हातेमालो हुन् जरुरि रहेको भन्दै कर्मचारीहरुलाई काम र गुणस्तरमा कसैको भनाईका पछी नलागी सत्यमा अडिग भई विचलन नभई सेवामा लाग्न आग्रह समेत गरेका थिए । बुद्धभुमीमा पुर्वाधार तर्फ महिला ईन्जिनियर भएकै कारण पनी कोही कसैसँग साँठगाठ नहुने, कुनै प्रभाव र हेलमेल नहुने कारणले गुणस्तिरिय काम हुने स्थानियको बुझाई छ ।

global bank
Comments
Loading...