दशै शुभकामना Set 1
दशै शुभकामना Set 2

३ दिने उद्घोषण तथा क्षमता विकास तालिम सम्पन्न

0

कपिलवस्तु।

कपिलवस्तुको चार नम्बर जितपुरमा ३ दिने उद्घोषण तथा क्षमता विकास तालिम सम्पन्न भएको छ । कपिलवस्तु उद्योग बाणिज्य संघको सभाहलमा एक कार्यक्रमको आयोजना गरि तालिम सम्पन्न भएको हो । बिग भिजन कम्प्युटर इन्ष्टिच्युटका अध्यक्ष सुष्मा श्रेष्ठको सभाध्यक्षता तथा वाणगंगा नगरपालिकाकी उप प्रमुख रिता कुमारी थारुको प्रमुख आथित्यतामा कार्यक्रम भएको थियो ।

सो समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अथिति चौधरीलेले तालिममा सिकेका ज्ञान,सीपलाई पूर्णरुपमा व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गर्नुभएको थियो । युवाहरुको क्षमता अभिबृद्धिका यस्ता खालका कार्यक्रम अनिवार्य जस्तै बन्दै गएको बताउनुहुँदै बोल््ने कलाले जिवन परिर्वतनसँगै बोलेरै जिवन चलाउन समेत सक्ने बताउनु भयो । उहाँले भन्नुभयो,‘बोल्नेकला जिवनमा अपरिहार्य छ,यसलाई निरन्तरता दिनआग्रह गर्दछु ।’


त्यस्तै कार्यक्रममा विशिष्ट अथिति फोटोग्राफर संघ कपिलवस्तुका अध्यक्ष राम चन्द बेल्बासेले बोल्ने कलाको विकास गर्ने उद्देश्यले आयोजना गरेको तालिम आफैमा राम्रो रहेको बताउनु भयो । उहाँले हरेक क्षेत्रमा बोल्नुपर्ने भन्दै बोल्ने कलाको आजको आवश्यकता रहेको बताउनु भयो । उहाँले प्रमाण—पत्र मात्रै लिएर राख्ने भन्दा पनि निरन्तरता दिनको लागि समेत आग्रह गर्नु भयो ।

कार्यक्रममा विशिष्ट अथिति कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव नवदत्त घिमिरेले राष्ट्रलाई बोलेर पनि योगदान दिन सक्ने बताउनु भयो । काम मात्रै गरेर देशलाई योगदान हुदैन बोलेर पनि समाज परिर्वतन गर्न सक्ने भन्दै घिमिरेले बोल्नेकलालाई निखार्नको लागि सुझाव दिनु भयो । उहाँले यो सिकाई जिवनमा कहिल्यै नसकिने भन्दै बोल्नेकलालाई निरन्तरता दिनको लागि अनुरोध गर्नु भयो ।

तालिममा पत्रकार सुशील गैरे, भक्तिराम घिमिरे र अरुण चौधरीले प्रशिक्षण दिनु भएको थियो। सो तालिममा सहभागी प्रशिक्षार्र्थीले तालिमबाट धेरै कुरा सिक्ने अवसर पाएको बताए । उद्घोषण तालिम सबैले सिक्नुपर्ने भन्दै आउँदा दिनमा समेत यस्तो तालिम सहभागि हुने बताए । त्यस्तै तालिममा अनुभाव राख्ने क्रममा प्रशिक्षार्थी लक्ष्मी खनालले क्षमता अभिबृद्धि तालिम लिन पाउदा आफुले यस तालिमबाट धेरै कुराहरु सिक्न सफल भएको साथै आफुले आफ्नो चिनारी राख्नु पर्छ भन्ने प्रेरणा यस कार्यक्रममार्फत पाएको पनि बताउनुभयो ।

खनालले छोटो समयमा बोल्नेकला विकास भएको समेत सुनाउनु भयो । सो अवसरमा अन्य सहभागिहरुले तालिमबाट आफुहरुले धेरै कुराहरु सिक्ने अवसर मिलेको भन्दै ब्यवहारमा उतार्न प्रयास गर्ने बताएका थिए ।

aataal sement
Comments
Loading...