दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

स्मृतिमा भोजेन्द्र बहादुर कुवर

0
हरेक मान्छे सुखमय जीवनशैलीका लागि दिन रात दौडिरहन्छन् । व्यक्तिगत होस् वा पारिवारिक । समाजमा त्यस्ता मानिसहरू पनि भेटिन्छन् । जो समाजका लागि दौडिन्छन् । जो समाज र देशका लागि दौडन्छन्, उनै मान्छे महान् हुन् । समाजका लागि दौडने मध्येका एक व्यक्ति हुन्, भोजेन्द्र बहादुर कुवर ।
१९८७ फाल्गुन ३ मा अर्घाखाँचीको अर्घतोषमा जन्मिएका कुवर जीवन्त सामाजिक कार्यमा अनवरत रूपमा समर्पित हुनुभयो । बुवा स्व रण बहादुर कुवर र माता स्व तेज कुमारी कुवरको कोखबाट जन्मिनु भएका उहाँको बाकि जीवन कपिलवस्तुको  बुद्धभूमि १ भेलाईमा बित्यो।
सानै देखि हक्की र निडर स्वभावका उहाँ समाजमा हुने बेथिति, अत्याचार र शोषणका आवाज उठाउँदै गर्दा २०३६ सालमा पक्राउ पर्नुभएको थियो।  निरङ्कुश जहानीया राणा शासन विरुद्ध आवाज उठाएकै भरमा उहाँले जेल जीवन समेत बिताउनुभयो।  गाउँ ठाउँमा कोही बिरामी होस् वा आर्थिक समस्याको खबर पाउन साथ सहयोगका लागि तत्पर रहँदै आउने उहाँ सामुदायिक विद्यालयको विकास होस् वा कोही बिरामीको खबर थाहा पाएसम्म उहाँले सहयोग नगरेको बिरलै होला ।
श्री सिद्धार्थ माध्यमिक विद्यालय स्थापनामा उहाँको योगदान अतुलनीय छ। विद्यालय स्थापना देखी त्यहाँको व्यवस्थापकीय पाटोलाई कसरी व्यवस्थित गर्ने भनेर सधैँ चिन्तन र परामर्श लिने उहाँसँगका सहपाढिहरु बताउँछन्। वैदिक सनातन धर्म सेवा प्रतिष्ठानको  संस्थापक भएर होस् या जय वन शक्ति सामुदायिक वनको संस्थापक उहाँको कार्यको सधैँ भर प्रशंसा नै हुने गर्दछ।
बहुदलीय व्यवस्था पछिका दिनमा नेपाली काँग्रेसको इकाई पार्टी अध्यक्षको कार्यकाल १३  वर्ष सम्म सम्हाल्दै पार्टी विस्तारमा समेत लाग्नुभएका कुवरलाई २०७२ सालमा प्रेसरको आक्रमणबाट सशक्त बिरामी भई २ महिना अस्पतालको शैयामा रही पुन घर फर्किए पछि उहाँको त्यो जोस, जाँगर र उत्साहमा कमी भने आएन।
निरन्तर सामाजिक कार्यमा तल्लीन रहने उहाँलाई पुन शारीरिक समस्याका कारण लामो समय घरमै बसैरहकेको अवस्थामा २०८१ ज्येष्ठ २० गते उहाँको स्वर्गारोहण भयो।  उहाँको उहाँको भौतिक शरीर हामी माझ नरहे पनि उहाँले समाजलाई दिएको योगदान सधैँ सम्झनामा रहने छ। सम्झनामा भोजेन्द्र बहादुर कुवर।
civil bank
Comments
Loading...