बुद्धभूमि।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ गोरुसिंगेमा अवस्थित पारिजात पब्लिक स्कुल आफैमा ब्राण्ड रहको विद्यालयका प्र अ राजेन्द्र पि सीले दावी गर्नुभयो। कक्षा ११ का विद्यार्थीको स्वागत एवम अभिमुखीकरण कार्यक्रममा प्र अ पी सीले यस्तो बताउनुभएको हो।
विद्यालय स्थापना काल देखि नै विद्यालय परिवार, शिक्षक, विद्यार्थी र अभिभावकको अथकमेहनत र प्रयासले विद्यालयले उचाई लिएको पी सीले बताउनुभयो। उहाँले विद्यालयको शैक्षिक गुणस्तर विद्यार्थीको नतिजाले देखाउने बताउदै नगरमा ,मात्र नभई जिल्लका उत्कृष्ट विद्यालयसंग यसको प्रतिस्पर्धा चलिरहेको बताउनुभयो। पछिल्लो समय विद्यार्थी र अभिभावकको आकर्षणकोकेन्द्र समेत बनेकोमा खुसि व्यक्त गर्नुभयो।
उहाँले पारिजातलाई बदनाम गर्न अनेकन भ्रम बजारमा फैलाए पनि सत्य सधै सत्य रहने बताउनु भयो। “सेतो सटमा हिलो छ्यापे पनि त्यसलाई सझिलाई सरफले मेट्न सकिन्छ, साबुन लगाएर मिच्नु पर्दै ” उहाँले भन्नु भयो। पारिजातले विद्यार्थीको मनोभावना बुक्झेर पठनपाठन गराउदै आएकाले पनि विद्यालय प्रति विद्यार्थीको आकर्षण बढ्दै गएको बताउनुभयो। यसै वर्षबाट पारिजातले कक्षा ११ समेत संचालन गरेको छ।