वन डढेलोबाट बचौ र बचाऔं

पुराना र नयाँ राजनीतिक दलहरूमा भिन्‍नता केमा देख्यौँ ।

मेघराज ज्ञवाली

0

आगामी फाल्गुण २१ गते २०८२मा हुने भनिएको आम चुनावमा अमुक ब्यक्तिलाई प्रधान मन्त्री बनाउन अमुक पाटीको अमुक चुनाव चिह्नमा भोट दिएर बिजय बनाउँ । परिवर्तनका लागी यश पटक नयाँ दल र नयाँ अनुहारलाई भोट दिनेहो,गत भाद्र २३ र २४ गते भएको जेनजी बिद्रोहमा उठाईएका माँगको सम्बोधन गर्नका लागी नयाँ पाटीका नयाँ नेतालाई प्रधान मन्त्री बनाउन पर्छ जस्तो भाष्य खडा गरेर अत्यन्तै गैर जिम्मेबार युटुबरहरूले सर्बसाधारण जनतालाई भ्रमित पार्दै छन् । सर्बप्रथमत आगामी फागुन २१ गते आम नीर्वाचन हुने कुरा अझ सम्म पनि अनिश्‍चितछ । किनकि संसद पुनर्स्थापनाको मुद्दा सर्बोच्‍च अदालतमा बिचारधिनछ । आगामी पागुन २१ गते भन्दा पहिलेनै यश मुद्दालाई टुङ्गो लगाउन पर्ने सर्बोच्‍च अदालतको नैतिक दायित्व होला । हुनत संसद बिघठन र पुनर्बहाली सम्बन्धी मुद्दामा बिगतमा सर्बोच्‍च अदालतले गरेका फैसलामा एकरुपता छैन । तेसकारण संसद पुनर्स्थापनाको मुद्दामा सर्बोच्‍च बाट यश्तै फैसला आउला भनेर अनुमान गर्न गाहारोछ । जनता द्वारा नीर्बाचित देशको सर्बोच्च निकाय संसद बाट नीर्बाचित मन्त्रीमण्डलका प्रधानमन्त्रीको सिारिशमा गरिएको संसद बिघठन र मध्याबधी नीर्बाचनको मुद्दामा सर्बोच्‍चअदालतले प्रधान मन्त्री गिरिजा प्रसाद कोईरालाको सिफारिशलाई मात्रै सदर गरेकोछ । प्रधानमन्त्री मनमोहन अधिकारी र खड्ग प्रसाद ओली द्वारा गरिएका उस्तै प्रकारका संसद बिघठन र मध्याबधी चुनावको सिफरिशलाई सर्बोच्‍चले बदर गरेर संसद पुनर्स्थापना गरिदिएकोछ । यश पटकको संसद बिघठन र आम चुनावको सिफारिश जनता द्वारा नीर्बाचित देशको सर्बोच्‍च निकाय संसद बाट चुनिएको प्रधान मन्त्रीको सिफारिशमा नभै गैर अस‌बैधानिक रूपमा चोर बाटो बाट खडा गरिएको सरकारको प्रधान मन्त्रीको सिफारिशमा गरिएकोछ । तेसकारण संसद बिउतिने धेरै सम्भावना देखिन्छ । संसद पुनर्स्थापना नभएको अवश्थामा चुनाव हुँदा जित राजनीतिक दलहरूको हुनेछ र नेपाली जनताको हार हुनेछ । किनकी पुरान राजनीतिक दल र नयाँ उपद्रब मचाई रहेका राजनीतिक दलमा तात्त्विक भिन्‍नता देखिदैन । चाहे पुराना बदनामी कमाएका राजनीतिकदलहुन् वा नयाँ बिध्वमसकारी दलहुन् सबैले नेपालको बर्तमान संबैधानिक ब्यबस्था अनुशार शासन गर्नेहुन् । नयाँ भनिने राजनीतिक दलमा पनि भ्रष्‍टर बिदेशीका दलाल नेताहरूको एकाधिकारछ । चाहे पुराना हुन अथवा नयाँ सबै राजनीतिक दलहरू बिदेशीका दलालहुन् । जुन जुन दलहरुले बिदेशीको दलालि गरेका छैनन् ती दलहरूलाई ओझेलमा पारिएकोछ । यी कुरा कुनै दल वा ब्यक्ति प्रति पूर्बाग्रह वा द्वेष राखेर लेखिएको होईन बर्तमा नेपालको बस्तुगत अवश्थाको चर्चागरिएकोहो ।

Comments
Loading...