कपिलवस्तु जेसिजको जेसिज सप्ताहाको तेस्रो दिन निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । संस्थाको सचिवालयमा आयोजना गरेको स्वास्थ्य शिवरमा ७१ जना व्यक्ति निःशुल्क सुगर चेक गराएका थिए । ७१ जना मध्ये ११ जनामा सुगर देखिएको थियो । यसरी निशुल्क रुपमा स्वास्थ्य शिविर सञ्चालन गरेकोले कपिलवस्तु जेसिजलाई उपस्थित भई स्वास्थ्य जाचँ गराएकोले बधाई दिएका थिए ।
आजको स्वास्थ्य शिविरमा आफ्नो स्वास्थ्य जाचँ गदैँ शिविरमा उपस्थित समाजसेवि विश्व कार्किले भन्नुभयो २०२० को जेसिजको नेतृत्ववान क्षमता रहेको पृष्टि ग¥यो र कार्कीले भन्नुभयो सरकार कसरी अगाडि बढाउन सकिन्छ भन्ने कपिलवस्तु जेसिज २०२० सगँ सिक्न पर्ने , कोरोनाको बेला घरघरमा डाक्टर लिएर पुगेको जेसिज अहिले निशुल्क शिविर सञ्चालन गरेकोले जति गरे पनि कपिलवस्तु जेसिज २०२० को प्रशंसा कम हुने कुरामा जोड दिदै कपिलवस्तु जेसिज २०२० सफल भएको कुरामा जोड दिनुभएको थियो । निशुल्क स्वास्थ्य शिविरको संयोजकमा जेसी भिमकान्त भट्राई हुनुथियो भने सप्ताहाको मुल संयोजक जेसि कमल क्षेत्री रहनुभएको छ ।
यस्तै सप्ताहाको चौथो दिन असार १० गते विद्यालय स्तरीय कोरोना चुनौती र अवसर विषयमा वक्तित्वकला प्रतियोगिता हुने जेसिज अध्यक्ष मनोज कुमार खत्रीले जानकारी दिनुभयो ।