देशको पहिलो अनलाईन डिजिटल भुक्तानी प्रदायक कम्पनी ई सेवा र कपिलवस्तुको शिवपुरमा रहेको श्री शिवपुर स्पश केवल नेटवर्क बिच सम्झैता भएको छ । देशको अग्रपंतिमा रहेर डिजिटल सेवा अगाडि बढाएको ई–सेवा अहिले देशभर नै डिजिटल बनाउने योजनामा रहेको छ ।
यो सम्झैता पछि अब शिवपुर क्षेत्रका व्यक्ति तथा यसका ग्राहकले अनलाईनबाटै विल भुक्तानि गर्ने सक्नेछन् । शिवपुर स्पश केवल अनलाईन भएपछि ग्राहकहरुले खुसि हुदैँ अब भने आफैँ पैसा तिर्न सक्ने हुदाँ आफ्नो समय बचत हुने कुरा बताउदै ई–सेवालाई धन्यवाद दिएका थिए । एक एक संस्थाहरु गरी पुरै कपिलवस्तु नै ईसेवा मय बनाउने ईसेवा कपिलवस्तुका सञ्चालक खेम क्षेत्रीले बताउनु भएको छ । अहिले ई सेवाबाट मोवाइज रिचार्ज , खानेपानिको विल, विजुलीको विल, हवाई टिकट, विमा शुल्क लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।