दशै शुभकामना Set 1
दशै शुभकामना Set 2

बाणगंगा नगरपालिका बडा न ७ का ९६ प्रतिशत योजना सम्पन्न ।।

वाणगंगा अनलाईन

0

कपिलबस्तुको बाणगंगा नगरपालिका बडा न ७ ले चालु आर्थिक बर्ष ०७६÷०७७ अन्र्तगतका पुर्वाधार तथा लक्षित तर्फका गरी यस चालु आर्थिक वर्षमा ९६ प्रतिशत योजनाहरु सम्पन्न गरेको छ । त्यस्तै वडाले नगरबाट ८५ प्रतिशत भुक्तानी लिई योजनाहरु र्फच्यौट गरिएको वडा अध्यक्ष बिष्णु गिरीले जानकारी दिनुभयो । त्यस्तै उहाँले अन्य वडाको तुलनामाा वडा न ७ ले योजनाका कामहरु तिब्र रुपमा सम्पन्न गरेको पनि जानकारी गराउनु भयो ।

बाणगंगा नगरपालिका भित्रका अन्य वडाहरुमा बल्ल २६ देखी ६५ प्रतिशत मात्रै योजना र्फच्यौट गरेमा आफनो वडाले आ ब ०७७÷७८को नगरसभा सम्ममा ८५ प्रतिशत योजना र्फच्यौट गरेको छ । त्यस्तै तेसा्रे बर्ष पनि बडा न.७ का ५० योजना रहेको काम छिटो छरितो दिगोपनको आधारमा योजना सम्पन्न भएको अध्यक्ष गिरीले वताउनु भयो । त्यस्तै वडाको सिलङबजेट ९२ लाख ४८ हजार र प्रदेश सरकार संघिय सरकारबाट गरि कुल बजेट २ करोड ९२ लाख ४८ हजारका योजना संचालन भएको थियो । अध्यक्ष गिरीले विश्वभर फैलिएको कारोना भाईसरका कारण दलितमहिला ,शहकारी शशक्तिकरण तालिम र सार्बजनिक सुनुबाईका कार्यक्रम हुन नसकेकाले समय मै यस्ता कार्यक्रमहरु पनि सम्पन्न हुने वडा अध्यक्ष गरीले वाणगंगा अनलाईन संग वताउनु भयो ।

Comments
Loading...