दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

कपिलवस्तु जेसिज सप्ताहा सुरु , दोस्रो दिन योगा

असार ८ , वाणगंगा अनलाईन नवराज बेल्वासे

0

कोभिड–१९ को बेला उत्कृष्ट काम गरेर नेपाल जेसीसको नजरमा परेको कपिलवस्तु जेसिज वर्ष २०२० ले जेसी कमल क्षेत्रीको मुल संयोजक रहने गरी जेसिज सप्ताहा सुरु गरेको छ । सप्ताहाको दोस्रो दिन असार ७ मा अन्तराष्ट्रिय योग दिवसको अवसरमा योग आचार्य कमल पौडेलको सहकार्यमा सामाजिक दुरी कायम हुने गरी योग गराएको हो । योगमा करीव ३० भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो ।
यस्तै आज सप्ताहाको  तेस्रो दिन पनि भव्य रुपमा मनाएको छ । पुर्व तालिका अनुसार आज विउ वितरण तथा धान रोप्ने कार्यक्रममा कपिलवस्तु जेसिज किसानको घरमा पुगेको र किसानालाई आवश्यक सहयोग गरेको संयोजक जेसि बावुराम आर्यालले जानकारी दिनुभएको छ ।
यस्तै सप्ताहाको तेस्रो दिन स्वास्थ सिविर सञ्चालन गर्ने स्वास्थ सिविर संयोजक जेसि भिमकान्त भट्टराईले बताउनु भएको छ ।

कपिलवस्तु जेसिज पुराना वर्षहरुमा भन्दा २०२० मा देशकै उत्कृष्ट हुने कुरा योग संयोजक जेसी प्रविन पौडेल बताउनुभयो ।
यसरी एक पछि अर्को उत्कृष्ट कामहरु गर्ने पाउदा कपिलवस्तु जेसिज पुर्ण रुपमा सक्षम र कुशल टिमले भरीएको र आगमि दिनमा पनि थप रोचक कार्यक्रमहरु सञ्चालन गदैँ अगाडि बढ्ने कपिलवस्तु जेसिज अध्यक्ष मनोज कुमार खत्रीले जानकारी दिनुभएको छ ।

Comments
Loading...