विपन्न परिवारलाई नेविसंघ बुद्धभुमिको राहत
असार २ कपिलवस्तु
कपिलवस्तुको बुद्धभुमि नगरपालिका स्थित प्रगतिटोलको एक विपन्न परिवारलाई नेपाल विद्यार्थी संघ बुद्धभुमिले आर्थीक सहयोग प्रदान गरेको छ ।
लामो समयदेखि कष्टकर दैनिकी चलाइरहेकी सोनकुमारी ओलीको परिवारलाई नेविसंघ बुद्धभुमिका युवाहरुले नगद पाँच हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका हुन । पिडित ओली परिवारमा दुई छोरा जन्मजात अपाङ्ग छन भने सोनकुमारी पनि विभिन्न रोगले ग्रस्त हुनुभएको छ । कोरोना महामारिका बिचमा स्थानिय तहहले प्रदान गरेको सामान्य राहत बाहेक अन्य कुनै सहयोग नपाएको गुनासो गर्दै ओलीले आफूहरुले वडा अध्यक्षसँग पटकपटक सहयोगको याचना गरे पनि कुनै चासोँ व्यक्त नगरेको गुनासो गर्नुभयो ।
स्थानिय तहबाट विपन्न परिवारका लागि विभिन्न योजना र बजेटका कुरा सुनिए पनि प्रगतिटोलका विपन्न परिवारले भने अहिले सम्म कुनै सहयोग पाउन नसकेको गुनासो गरेका छन् । राहत स्वरुप आर्थीक सहयोग पाए पछि पडित परिवारले घरमै पुगेका नेविसंघका कार्यक्रताहरुलाई धन्यवाद समेत दिएका छन् । राहत प्रदान गर्दै नेविसंघ केन्द्रिय महाधिवेसन प्रतिनिधि रुपक खनालले स्थानिय तहहरुले विपन्नताका नाममा विभिन्न योजनाका कुरा गरेको भए पनि वास्तविक विपन्नको पहुँचमा ति योजना पुग्न नसकेका कारण नागरिकहरुको दैनिकि कष्टकर भईरहेको बताउनुभयो । त्यस्तै नेविसंघ बुद्धभुमि नगर सभापति अच्युत अर्यालले आफुहरु विपन्न नागरिकको सहयोगका लागि सधैव तयार रहेको भए पनि राज्यले पुरा गर्नुपर्ने जिम्मेवारी मुख्य रहने उल्लेख गर्नुभयो । विपन्न परिवारको उत्थान र सहयोगका लागि राज्यस्तरबाट खास पहल हुन नसकेको उहाँको भनाई छ ।
उता वडा अध्यक्ष भेषराज शर्माले भने वडाका सबै आयोजनाका कामहरुलाई अगाडि बढाउनुपर्ने बाध्यताका कारण विपन्न परिवारको उचित व्यवस्थापनमा खासै ध्यान दिन नसकिएको बताउनुभएको छ । वडाका हरेक परिवारको आर्थिक अवस्थाका विषयमा वडा कार्यालय जानकार भएको भएता पनि बजेट अवस्था र अन्य पूर्वाधारका याजनाका कारण त्यस तर्फ पहल हुन नसकेको उहाँको भनाई छ ।
अहिले प्रगति टोलमा रहेका ओली परिवार जस्तै अन्य अधिकाशंको अवस्था पनि उस्तै छ । वर्षाका बेला घरको छानो मजबुत छैन भने विहान साँझको छाक टार्न पनि मुस्किल स्थिति पैदा भएको छ ।