दशै शुभकामना Set 1
दशै शुभकामना Set 2

लायन्स क्लव र लियो कपिलवस्तुले नेपालको नयाँ नक्सा पारित भएको खुसियालीमा दिप प्रज्वलन 

वाणगंगा अनलाईन 

0

कपिलवस्तुको वाणगंगा ७ घेरुवा बनगाई चोकमा आज लायन्स क्लव अफ कपिलवस्तु र लियोक्लव अफ कपिलवस्तुले सरकारले संविधान संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । शनिबार दिउँसो बसेको प्रतिनिधिसभाको बैठकबाट सर्वसम्मत नेपालको नयाँ नक्सा पारित भएको छ । प्रतिनिधिसभाको बैठकले दुई तिहाइभन्दा बढी मतका साथ संविधानको दोश्रो संशोधन विधेयक २०७७ पारित गरेको हो ।

प्रतिनिधिसभा नियमावली अनुसार गरिएको मत विभाजनमा संशोधन विधेयक पास गरियोस् भन्ने प्रस्तावको पक्षमा २ सय ५८ मत परेको हो । संविधान संशोधन विधेयक पारित गर्नका लागि तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमत आवश्यक पर्छ । सभामा उपस्थित सबै २ सय ५८ जनाले नै प्रस्तावको पक्षमा मतदान गरेका लगतै नेपालको नयाँ नक्सा संसदबाटै पारित भए लतै देशै भर खुलीयालीमा दिप प्रज्वलन गरेको छ विभिन्न संघ संस्थाले दिपप्रज्लन कार्यक्रम राखेका छन् ।

MVI_5290[1]

सरकारले गरेको यस उदाहरणीय कामको खुलेर प्रसंसा गर्दै लायन्सक्लव अफ कपिलवस्तुका अध्यक्ष कुमार खड्काले सरकार धेरै कुरामा चुकने काम गरेता पनि आफनो देशको स्वाभिमान जोगाउनका लागि सरकाले आज संसद बाटै नक्सा पारित गरेको खुसियालीमा लियो क्लवमा आवद्ध सम्पुर्ण युवा सरकारलाई हौसला प्रदान गर्नका निम्ती आफुहरुले दिप प्रज्वलन कार्य राखेको वताउनु भयो । उहाँले सरकारले यस्ता उदाहरयाीय कार्य गर्दै गए देशका सवै युवाको सरकारलाई पुर्ण साथ र समर्थन हुने कुरामा पनि उहाँले जोड दिदै लायन्य क्लव लियोक्लव सदैव समाज रुपान्तरणमा अग्रसर हुने वताउनु भएको हो ।

वडा नम्वर ८ का वडा अध्यक्ष गुणानिधी भुषालले लायन्स र लियो क्लव अफ कपिलवस्तुलाई दिप प्रज्वलन गरी सरकारलाई हौसला प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्दै हरेक क्षेत्रमा लनयन्स र लियो क्लवले गरेका उदाहरयाीय कार्यको खुलेर प्रसंसा गर्नु भएको थियो ।

कार्यक्रममा लायन्स क्लवका अफ कपिवस्तुका पुर्व अध्यक्ष कृष्ण के.सी अध्यक्ष कुमार खड्का , २०२१ का अध्यक्ष सुरेन्द्र घिमिरे लायन्स दोस्रो उपाध्यक्ष केशव सापकोटा लायन्सका सचिव राम सुभागे थारु रेडियो वाणगंगाका स्टेशन  म्यानेजर गणेश पोख्रेल लियो क्लव कपिलवस्तुको कार्यवाहक अध्यक्ष मदन पौडेल लगनयतको उपस्थीती रहेको कार्यक्रममा स्थानिय समाजसेवी बुद्धिजीहरुको उपस्थीती रहेको थियो भने कार्यक्रमको संचालन लायन्स क्लवका कोषध्यक्ष सागर घिमिरेको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

global bank
Comments
Loading...