शितगङगा १४ मा भेटिएन कोरोना सङ्क्रमण
वसन्त पौडेल जेष्ठ ३० अर्घाखाँची
अर्घाखाँची को शितगङगा नगरपालिका वडा न. १४ सिमलपानीका क्वारेन्टाइनमा बसेका ब्याक्तिहरु को आज गरिएको आरडीटी परिक्षणमा कुनै पनि व्याक्तीमा सङ्क्रमण भेटिएको छैन।
शितगङगा १४का विभिन्न बिधालयमा बनाईएका क्वारेन्टाइनमा कोरोना परिक्षणका लागि पुगेको वाड अध्यक्ष दामोदर न्यौपाने सहित , स्वास्थ कर्मीकोटोलिले आज गरेको १३ जनाको आरडिटी परिक्षणमा कसैमा पनि कोरोनाको लक्षण नदेखिएको जानकारी दिइएको छ ।
आजमात्रै वडामा १३ जनाको आरडिटी परिक्षण गरिएको छ भने बाकी २२ जनाको परिक्षण छिट्टै हुने वडा अध्यक्ष दामोदर न्यौपानेले जानकारी दिनुभयो ।हाल क्वारेन्टाईनमा ३९ जना रहेको र अघिल्लो पटक गरिएको परिक्षणमा ६जनाको पि सि आर गरी पठाईएको र तिनिहरु सँगै बसेका अन्य ११ जनाको रिर्पाट आउँन बाकी रहेकाले यथाबत क्वारेन्टाईनमै राखीएको नगर प्रवक्ता न्यौपाने ले जानकरी दिनुभयो । साथै उहाँले भौगोलिक कठिनाईका बाबजुत पनि आफु सक्दो छिटो वडाको क्वारेन्टाइनमा बसेकाको सिघ्र परिक्षणमा जोड दिएको बताउनु भयो ।
आज स्वास्थ्य कर्मी र जनप्रतिनिधि सहितको टोलिले शितगङगा नगरपालिका वडा न १४ स्थित पार्वती आधारभुत बिधालय करेचुली, पावर माध्यमिक बिधालय पावर, कृष्ण आधारभुत बिधालय खोरमोरमा गई परिक्षण गरेको हो ।