दशै शुभकामना Set 1
दशै शुभकामना Set 2

शितगंगा १४ मा बिद्यालय र स्वंयमसेवीका लागी आवश्यक सामाग्री प्रदान

बसन्त पौडेल जेष्ठ २८ अर्घाखाँची

0

अर्घाखाँची जिल्लाको सितगगा नगरपालिक वडा न१४ को बिनियोजित रकम बाट बिधालय सुधार योजना अन्तर्गत ८ ओटा बिधालय लाई एक एक ओटा दराज र टेबुल साथै ६ बिधालय लाई प्रिन्टर बितरण गरिएको छ । त्यस्तै ९ जना महिला स्वयंसेवीका लाई सितगगा १४ को बिनियोजित रकम बाट महिला स्वयंसेवीका विशेष कार्यक्रम एक एक ओटा दराज , झोला , छाता र स्टेचर बितरण गरिएको छ ।

उक्त समाग्रीहरु बितरण गर्दै वडा अध्यक्ष दामोदर न्यौपानेले अहिले मुलुक बिज्ञान र प्रबिधीमा प्रवेश गरीसकेकाले बिधालय को स्तर उन्नतीका लागी वडास्तर बाट सक्दो प्रयास आफुले गरी रहेको बताउनु भयो । साथै सबै वडा बासीलाई कारोना भाइरस बाट बच्न सुरक्षा अपनाउन आग्रह समेत गर्नुभयो ।

मुलुक कारोना ले आका्रन्त भईरहेका बेलामा पनि स्वास्थ्य संयमसेवीकाहरु सुरक्षार्थ खटिरहेको प्रति खुसी व्यक्त गनुभयो ।अध्यक्ष न्यौपानेले आफु आफ्नो वडाको बिकास र समृद्धिका लागी पुर्ण प्रतिबद्ध रहेको बताउनु भयो ।

सामाजिक दुरीलाई कायम गरी गरीएको कार्यक्रममा आउँदा योजनाहरु बारेमा बौद्धि व्याक्तित्वहरु सँग छलफल गरीएको छ । कार्यक्रममा वडा भित्रका सम्पुर्ण बिधालय प्रध्यानाध्यापक ९ जना महिला स्वयंसेवीका ,ओडा वडा सदस्य बिष्णु माया भट्टराई र कार्यलय सहायक लेखनाथ पोख्रेल लगाएतको उपस्थित रहेको थियो ।

bijayanagar
Comments
Loading...