कपिलबस्तुको तरकारी अर्घाखाँचीमा नष्ट गरीएको प्रती नेपाली काँग्रेस अर्घाखाँची कपिलबस्तु सम्र्पक समिती द्धारा खेद प्रकट ।।
बसन्त पौडेल २१ जेष्ठ कपिलबस्तु
कपिलबस्तुको तरकारी अर्घाखाँचीमा नष्ट गरीएको प्रती ने का अर्घाखाँची कपिलबस्तु सम्र्पक समितीले घोर भत्सना गरेको छ । गौरवशाली संगठन नेपाली काङ्ग्रेस अर्घाखाँची कपिलवस्तु सम्पर्क समितिले मुलुकमा कारोना को संक्रमण फैलिएको बिषम परिस्थितीमा तरकारी को अभाव हुनलागेको र कृषकहरु लाई थप प्रोत्साहन दिनुपर्ने आवश्यकता देखिएको बेला कपिलवस्तु जिल्लाको बुद्धभुमीका किसानले उत्पादन गरेको उत्पादित तरकारी छिमेकी जिल्ला अर्घाखाँची जिल्लामा निर्यात गरिएकोमा अर्घाखाँची जिल्ला प्रशासनले निराआधार रुपमा कोरोना भाइरस सर्ने भदै नस्ट गरेको प्रती नेपाली काङ्ग्रेस अर्घाखाँची कपिलवस्तु सम्पर्क समितिले खेद प्रकट गरेको छ ।
अर्घाखाँची जिल्ला प्रशासनको यो कार्य अति निन्दनिय भएको ठहर गर्दै समितीले कृषकलाई उचित क्षतिपूर्ति दिन अनुरोध गर्दै यस्ता कार्यले दुई जिल्ला भित्रको आपसी समझदारीमा आचा आउने भएकाले तत्काल सुधार्न समितीका अध्यक्ष तुलसिराम घिमिरे द्धारा हस्ताक्ष्रीत बिज्ञप्तिी र्माफ अर्र्घाखाँची जिल्ला प्रशाशन लाई सुझाइएको छ ।