दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

कपिलवस्तुको बुद्वभुमी नगरपालिका मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

0

कपिलवस्तु ६ फागुन ।कपिलवस्तुको बुद्ध भूमि नगरपालिकाले नगरको सभाहलमा बुधवार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रस्तुत गरिएको नागरिक तथा सेवा ग्राहिको बहिर्गमन प्रतिवेदनमा अधिकांश सेवा ग्राहिहरुले नगरले प्रदान गर्ने गरेका सेवाहरु प्रति आफूहरु सन्तुष्ट भएको बताएको छ।

सेवाग्राहीहरुसंग गरिएको प्रत्यक्ष लिखित अन्तर्वार्ताको आधारमा तयार पारिएको प्रतिवेदनमा २० प्रतिशत भन्दा बढि सेवाग्राहिहरुमा असन्तुष्टि नदेखिएको हो । त्यसैगरी आज सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित नगरवासिहरुले सन्तुष्ट रहेको बताएका थिए । नगरपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको प्राविधिक सहयोगमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिंदै नगर प्रमुख केशब कुमार श्रेष्ठले अहिले नगरको प्रमुख आवश्यकताका रुपमा अस्पताल रहेकोले नगरमा १५ शैयाको अस्पताल स्थापनाको लागि डिपिआर भैरहेको बताउनुभयो । साथै आँखा सम्बन्धि परिक्षणका लागि बहादुरगंज आँखा अस्पतालसंग समन्वय गरि विभिन्न समयमा शिविरहरु सञ्चालन गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा उपस्थितहरुले पछिल्लो समय नगरमा मात्रै नभएर पुरै देशमा महिला किशोरी तथा बालिकाहरुको जबर जस्ती करणी र हत्याको श्रृंखला बढेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
सोहि कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर मिरा थारुले नगरभित्र हुने महिला हिंसाका घटनामा तुरुन्त कदम चाल्नका लागि नगरले रेसपोन्स टिम गठन गरिसकेको जानकारी दिनुभयो । नगरका प्रमुख प्रशाशकिय अधिकृत अनिल पौडेलले चालु आर्थिक वर्षमा नगरले २ लाख भन्दा कम रकमका योजनाहरु वडा कार्यालय मार्फत नै सम्झौता गर्ने कार्य सुरु गरे संगै कार्य सम्पादनमा सहजता आएको बताउनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रम नगर प्रमुख केशब कुमार श्रेष्ठको अध्यक्षता उपप्रमुख मिरा थारु प्रमुख प्रशाशकिय अधिकृत अनिल पौडेल र नगरप्रवक्ता पवन कुमार थारु लगायतको आातिथ्यता मोहन बेल्वासेको स्वागत हरि अधिकारीको सञ्चालनमा सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।

bijayanagar
Comments
Loading...