कपिलवस्तु ७ फागुन ।विप्लव समुह सहितका सरकार तथा सांसद भन्दा बाहिर रहेका कम्युनिस्ट घटक दलहरूद्वारा गठित रणनैतिक संयुक्त मोर्चाले बुटवलमा हिजो विरोध रयाली आयोजना गरेको छ । रयालीपछिको जनसभामा विभिन्न नेताले संवोधन गरेका थिए । रणनैतिक मोर्चामा नेकपा क्रान्तिकारी (मोहन वैद्य समुह )विप्लव समुह ,नेपाल कम्युनिस्ट पार्टी (ऋषिकटटेल समुह ) बैज्ञानिक समाजबादी कम्युनिस्ट पार्टी रहेका छन्।
सोही रयाली र सभाको कार्यक्रमवाट फर्कर्दै गर्दा कपिलवस्तुका वासिन्दा समेत रहनु भएका विप्लव समूहको केन्द्रीय नेता भेषराज भुषाल बुटवलबाट पक्राउ पर्नु भएको छ । उहा विप्लव समुहको केन्द्रीय हेड क्वाटर सदस्य रहेको सुरक्षास्रोतको दावि छ । केहि पहिले अर्घाखाँचीको इच्चार्ज रहेका भुसाललाई पछिल्लो समुह पार्टीको कुनतहको जिम्मेवारी थियो भन्ने औपचारीक पुष्टि भने भएको छैन । उहा खरो वक्ता बौद्धिक तथा वैचारिक व्यक्तित्व मानिनु हुन्छ ।