अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगा ११ गैडा सामुदायीक वनमा आज वेवारिसे शव फेला परेको छ । शव सडिसकेको अवस्थामा एक पुरूषको शव फेला परेको हो । जङगलमा च्याउ खोज्न गएका महिलाले सव फेला पारेपछि सम्बन्धित निकायमा खवर गरेका थिए ।
शव नजिकै खैरो रङको झोला समेत फेला परेको छ । सवको पहिचान हुन सकेको छैन । सव फेला परेको खबर पाउने बित्तिकै ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक होमनाथ रेग्मीको नेतृत्वमा प्रहरीको टोलि घटनास्थल पुगेको थियो । शव सडिसकेकाले पुरूषको मृत्यु १४र१५ दिन अगाडिनै भैसकेको हुनु पर्ने प्रहरीको प्रारम्भिक अनुमान छ । अहिले वेवारिसे सवको पोष्टमाट्मका लागि जिल्ला अस्पताल सन्धिखर्क पठाईएको छ । पटक पटक शितगंगाको दुर्गम क्षेत्रमा यस्ता घटना दोहोरिदै आएको छ । तर ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमाट्मको भवन निर्माण भएपनि सवको पोष्टमाट्म नहुदा ग्रामिण क्षेत्रका गरिव जनताले निकै सास्ती खेप्दै आएका छन् ।
ग्रामिण क्षेत्रका नागरिकलाई जिल्लाको सदरमुकाममा सव पोष्टमाट्म गर्न लैजान खल्तीमा न्युतम २० देखि ३० हजार ऋण खोजेर भएपनि बोक्नु पर्ने बाध्यता छ । स्वास्थ्य केन्द्रमा २४ घण्टे सेवा सुचारू हुदा सुरूको समयमा स्वास्थ्य केन्द्रमा सवको पोष्टमाट्म भएपनि पछिल्लो लामो समय देखि पोष्टमाट्म हुन सकेको छैन । पोष्टमाट्म नहुदा साबिक गाबिस ठाडा, सितापुर ,सुवर्णखाल,जुकेना, जलुके,सिद्धारा, सिमलपानी,प्युठान जिल्लाका केही साविक गाबिसका नागरिकले समस्या भोग्दै आएका छन् । स्वास्थ्य केन्द्रमा पोष्टमाट्म सेवा सुचारू गर्न सम्बन्धित निकायको ध्यान जान जरूरी छ ।