सैनामैनामा शंकास्पद बस्तु फेला
बुटवल ।
रुपन्देहीको सैनामैनामा शंकास्पद बस्तु फेला परेको छ । सैनामैना नगरपालिकालिका ११ स्थित कोठी जंगल क्षेत्र अन्तरगत पूर्वपश्चिम राजमार्ग छेउमा शंकास्पद वस्तु फेला परेको हो ।
रातो कपडाले बेरेर नाइलनको डोरीले बाँधेर राखेको शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । उक्त वस्तु विष्फोटक पदार्थ हो होइन भन्ने एकिन गर्न नेपाली सेनाको बम डिस्पोजल टोलीलाई जानकारी गराइएको प्रहरीले जनाएको छ । मंगलबार चार क्रान्तिकारी कम्युनिस्ट पाटीले नेपाल बन्दको घोषणा गरेका छन्। देशका विभिन्न ठाउँमा बन्दको प्रभाव देखिन थालेका छन्।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुति र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका छन्।
बन्द आह्वान भए पनि बन्दको प्रभाव देशभर सामान्य रुपमा परेको छ । मुख्य राजमार्गहरुमा लामो दुरीका बाहेक वसारीहरु फट्टफट्ट गडेका छन् । व्यापार पसलहरु मुख्य बजार क्षेत्र बाहेका ठाउँमा सामान्य रुपमा सञ्चालनमा आएका छन् ।