आजा दिउँसाे १ संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने प्रतिनिधिसभा बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रकाउ परेका अर्घाखाँची क्षेत्र नं. १ बाट निर्वाचित सांसद एवम नेकपा एमाले नेता टोपबहादुर रायमाझीकाे सांसद पद निलम्बन गरिएकाे जानकारी सभामुखले सदनलाइ गराउने कार्य सुचिरहेकाे ससंद सचिवालयले जानकारी दिएकाे छ । यसैगरी, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयवाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको ब्योहोरा पढेर सुनाइने भएको छ ।
साथै, बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोग र सत्यनिरुपण मेलमिलाप आयोगको म्याद थप सबन्धि प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ भने राष्ट्रियसभावाट उत्पत्ति भएको नेपाल विश्वबिद्यालय बिद्येयक २०८० लाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेश गर्नेछन् ।