दशै शुभकामना Set 1
दशै शुभकामना Set 2

बाणगंगाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

0

कपिलवस्तुको बाणगंगा नगरपालिकाका जनताहरुले डम्पिङ साइट हटाउन माग गरेका छन । यस वर्ष देशकै उत्कृष्ठ नगरपालिका घोषण भएको स्थानीय तहले राजमार्ग किनार वाणगंगा नदीमा डम्पिङ साईट संचालन भएकोमा विरोध गरेका थिए । शुक्रवार बाणगंगा नगरपालिका ८ बोडगाउँमा सम्पन्न सार्वजनिक सुनुवाईमा स्थानीयले डम्पिङ साईट सार्न अनुरोध गरेका थिए ।

कार्यक्रममाा बोल्दै उद्योग बाषिज्य संघ कपिलवस्तुका महासचिव मनोज पौडेलले प्राचिन भागिरथी नदी जस्तो पवित्र स्थलमा फोहर फाल्दा नगरपालिका कै गरिमा घटेको बताउनु भयो ।

नगरपालिकामा उद्योग ग्राम निर्माण गर्न, राजस्व कम गर्न, शिक्षा स्वास्थ्य र खेलकुदका योजनामा प्राथमिता दिनु पर्नेमा जोड दिएका थिए । यस्तै महिला स्वारोजगारका लागि बिभिन्न योजनाका साथमा कार्यक्रम ल्याउनपर्ने भन्दै लैगिंक हिसा न्यूनिकरणका लागि पनि समयमै सोचेर अघि बढ्न सुझाब दिएका थिए ।

यसैगरि नदि कटान भएका वडाहरुका लागि लगानी गनुपर्ने, बिकास निर्माणका कार्यमा सबै वर्गको सहभागिता गराउनुपर्ने, भौगोलिक र जनसख्याका आधारमा बजेट बिनियोजन गनुपर्ने ,करको दर घटाउनुपर्ने लगाएका बिषयमा पनि सवाल उठाएका थिए । सेवाग्राहीको उत्तर दिँदै नगरप्रमुख मंगल प्रसाद थारुले सबैका सवालहरुमै केन्द्रित रहदै काम गरिएको र बिशेष योजना र कार्यक्रमका प्याकेजका साथमा अघि बढिरहेको बताउनुभएको छ । नदी कटान भएका वडाहरुको संरक्षणका लागि हरेक बर्ष नै लगानी गरिरहेको भन्दै नगरपालिकाका सेवा सबिधालाई प्रभाबकारी ढंगबाट सञ्चालन गरिएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै नगरउपप्रमुख चक्रपाणी अर्यालले जनताबाट आएका गुनासाहरु सम्बोदन हुने बताउनु भयो । एक पालिका एक औद्योगिक ग्राम अवधारणका लागि वडा नं ९ भलवाडमा औद्योगिक ग्राम बनाउनका लागि स्विकृत भएको बताउनुभयो । यस्तै फोहोरमैलाका लागि डम्पिङ साईटका लागि हरेक बर्ष बजेट बिनियोजन गरेपनि जग्गाको ब्यवस्थापन नहुदा यस कार्यबाट चुकेको उहाको भनाई छ ।

कार्यक्रम नेपाल पत्रकार महासंघ कपिलवस्तु को प्राविधिक सहयोग र नगरपालिकाको आयोजनामा सम्पन्न भएको थियो । कार्यक्रममा नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत बाबुराम भट्राई , वडा नं ८ का वडा अध्यक्ष गुणनिधि भूषाल, प्रशासन शाखा केशबराज भट्राई ,योजना शाखा प्रमुख शान्तराज आचार्य, लेखा शाखा प्रमुख रामचन्द्र मरासिनी, कृषि, स्वास्थ्य र पशु शाखा प्रमुखहरु लगाएतको उपस्थिती रहेको थियो ।

नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्षन डिलाराम भूषालको अध्यक्षता ,उपाध्यक्ष पार्बती पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तुका सहसचिब मोहन बेल्बासेले नागरिक प्रतिवेदन र हरि घिमिरले बर्हिगमन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो

aataal sement
Comments
Loading...