दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

कपिलवस्तुमा जेठ २४गते सम्मको लागि थपियो निषेधाज्ञाको समय

0

कपिलवस्तु ।
कपिलवस्तुमा कोरोना संक्रमणको जोखिम अझै कायमै रहेका कारण जिल्ला प्रशासन कार्यालयले निषेधालाई लम्बाएको छ । कपिलवस्तुमा तेस्रो पटक निषेधाज्ञको समय थप गरिएको हो । अब जारी निषेधाज्ञा जेठ १८ देखि जेठ २४ गते सम्म लम्बाइएको छ ।

तेस्रो पटकका लागि थप गरिएको निषेधाज्ञाको समय यही जेष्ठ १७ गते राति १२ बजे सकिदै थियो । तर, कोरोना भाइरसको संक्रमणदर नघटेको विश्लेषण गर्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमी)को बैठकले जिल्लामा चौथो पटक थप गरीएको निषेधाज्ञा जेठ १८ देखि २४ गते सम्म कायम रहने जनाएको छ ।हरेक दिन विहान ९ बजेदेखि दिउँसो १ बजेसम्म अत्यावश्यकीय कामका लागी पसल सञ्चालन हुने छन् भने निजी तथा सार्वजनिक यातायातका माध्यमलाई सञ्चालनमा यस पटक पनि रोक लगाइएको छ । निषेधाज्ञामा अनुमति नलिने सवारी साधनलाई कारवाही गरिने प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेय बताउनुभयो । कोरोना संक्रमणका कारण जोखिमपूर्ण अवस्था कायम रहेकाले निषेधाज्ञालाई निरन्तरता दिइएको उहाँले जानकारी दिनुभयो ।

civil bank
Comments
Loading...