आह्वान
मेघराज ज्ञवाली
मेरो मन दशकौं देखि एउटै बिषयका कारणले पिरोलिदै आएकोछ । ब्यक्ति गत जीवनको कुरा गर्नेहो भने बिहान खाए पछि साँझको चिन्ताले आज समम पनि छुन सकेको छैन आफनो मात्रै होईन घर परिवारको चिन्ता पनि कहिल्यै उठेन मनमा । जहिले देखि मैले राष्टको महत्व थाहा पाएँर जनताको अधिकारको कुरा बुजे, त्येस बेला देखि मेरो मन मात्र राष्ट र जनतको बिषयमा पिरोलिन थाल्यो । अहीले आप्mना मनमा लागेका कुरा जनसमक्ष राखनका लागी पाँचहजार मान्छे जम्मा गर्न पाँचलाख खर्च गर्न पर्छ । त्येसकारण यो बाटो आफना लागी असम्भनै छ । यस बाहेक आजको अवस्थामा सामाजिक सन्जालका माध्यम बाट पनि आप्mना मनका भावनाहरू सार्बजनिक गर्न सकिन्छ । यसका अतिरिकत पत्र पत्रिकाहरूमा लेख रचनाहरू छपाएर पनि आप्mना भावनाहरू सार्बजनिक गर्न सकिनछ । तर पत्र पत्रिकाहरू पनि कित कुनैन कुनै पार्टीका कार्यकर्ताका नियन्त्रणमा छन या बिदेशीको लगानीमा चलेका छन । राजनीतिक दलका कार्यकर्ता द्वारा सञ्चाली समाचार माध्यमहरूले आफनो पार्टी र नेताहरूको आलोचना भएको लेखहरू छापन मान्दैनन बिदेशीको लगानीमा सञ्चालित पत्रपत्रिकाले आफना मालिकहरूको आलोचना गरिएका लेख रचनाहरू प्रकासित गर्न सक्दैनन् । नेपालमा अन्याय, अत्याचार, भ्रष्टाचार राष्टघात बिदेशि हस्तक्षेप जेजति भैरहेकोछ, यसका प्रमुख दोषी यहाँका राजनीतिक दल, नेपालको आन्तरिकमामिलामा हस्तक्षेपका साथमा हाम्रो सिमाना समेत मिचदै आएको भारत र नेपालको आफनो मौलिक परमपरा लाई समाप्त पार्न लागि परेका पशिचमा राष्टहरू हुन । येसकारण हामी नेपालीका प्रहारका निशाना पनि यिनै तत्वहुन, तर यीतत्व सित नेपालको सत्ता र मिडिया भएका कारणले हामीले आफना राष्टहितका सोंचहरू ठिक तरिकाले जनसमक्ष पुराउन सकेका छैनौ । सत्य कुरा बोल्न सकन पर्छ । हाम्रो अज्ञानता पनि नेपालको बर्बादीको कारण भएकोछ । अरु लाई दोष दिएर हाँमीले आफना कमजोरी हटाउन सक्दैनौ । हामीले आफना कमी कमजोरी थाहा पाउनसके मात्रै राष्टको रक्षागर्न सकनेछौं । भारतले नेपालको सिमानात ऊ अङ्ग्रेज बाट स्वतन्त्र भए देखिनै मिचदै आएको थियो । आमरूपमा हामीले सुस्ता र महेश पुरका बारेमा २०२६ साल तिर थाह पाएको भए पनि लिम्पिया धुराका बरेमा बारह पन्द्र बर्ष पहिले मात्रै अलिअलि थाहा पायौं । यदि हाँमीले लिम्पिया धुरा र कालापानीका बारेमा सन् १९६२ मानै थाहा पाएको भए यसको त्येतिबेलानै बिरोध गर्ने थियौं । जसरी अहिलेनेपालमा कालापानी लगाएका नेपालको भारत द्वारा अतिकमित भूमिका बारेमा सप्रमाण बहस भैरहेको छ, यदि यो बहस त्येति बेलानै भैदिएको भए, समस्या यति जटील हुने थिएनहोला । हामीले हाँम्रोदेशको सिमानानै थाहा पाउन सकिरहेका छैनौ । हाँम्रो अज्ञानत बाट फाईदा उठाएर भारतले नेपान सिध्याउन आँटेको छ ।
राजनीतिक क्षेत्रको कुरा पनि येस्तै अज्ञानताले भरिएको छ । अज्ञानताको अन्धकारमा कुहीरोको काग जस्तै भएर दिशा पहिलाउन नसकेर बितेको, हाँम्रो जीवन जस्तो देखिन्छ आजका युवाहरूको राजनीकि यात्रा पनि । चीनको साँस्कृतिक क्रान्ति र भारतको नक्सल बाडी आनदोलनको प्रभावले होला, पुष्पलाल बाट नेपाली क्रान्तिको नेतृत्व हुँदैन भन्ने बिश्वास भए पछि तुलसी लाल लाई साथ दियो । तुलसी लाल बाटत झनै नहुने देखे पछि, नेपाली क्रान्तिका बारेमा अलि गहीरिए अध्यन गर्दै जाँदा, नेपाली कान्ग्रेसको मात्रै भारतको कान्ग्रेस पाटीको निर्देशनमा स्थापना भएको नभै नेपाल कम्युनिष्ट पार्टीको पनि भारतको कम्युष्टिपार्टीको योजनामा स्थापना भएको थहा लाग्यो । भारतको कम्युनिष्ट पार्टीका नेता अयोध्या सिंह धेरै ठूला बिद्वान थिए । उनीले लेखेको साम्राज्य बादका उदय र अस्त भन्ने पुस्तक पढे मात्रै सारा संसार लाई साम्र्राज्य बादले कसरी निर्मम तरिकाले लूटदो रहेछ भन्ने कुरा थाहा हुन्छ । तिनै अयोध्या सिंह लाई नेपाल कम्ुनिष्ट पार्टीको मानार्थ पिबिएम बनाएर नेपालको कम्युनिष्ट पार्टीको नेतृत्व लाई सहयोग गर्न भन्नेकि निर्देशन गर्ने जिममा भारतको कम्युनिष्ट पार्टीले दिएको रहेछ । यो कुरा थाहा पाए पछि नेपाल कम्युनिष्ट पर्टीका पहिलो पुस्ताका नेतहरू प्रति अबिशवास बडन थाल्यो । किनकि नेपाल माथि भारतको नराम्रो सित हस्तक्षेप भएको कुराले मनमा गहीरो छाप पारि सकेको थियो । त्येसकारण नेपालको बिकासका लागी भारतीय हस्तक्षेप बन्दहुन पर्छ भन्ने कुरामा बिश्वस्थ भएको थिए । मोदनाथ प्रश्रित, मदनभण्डारी र युबराज आश्रितहरूे पुष्पलाल लाई छाडेर झापाली सित मिलेर कोअर्डिनेशकमेटी बनाएका रहेछन । २०३४ साल तिरको कुराहो मोदनाथ सित कपिलवस्तुमा भेट भयो । हामीले लामै छल फल ग¥यौ । तर नेतृत्वका सवालमा कोकेले चारुमजूम दार लाई आफनो नेता मान्दोे रहेछ । त्येसकारण म मोदनाथ प्रश्रित सित पनि सहमत हुन सकिन । मेरो मान्यता, नेपाली क्रान्तिको नेता नेपालीनै हुन पर्छ अरु कुनै बिदेशी हाम्रो जतिसुकै असल मित्र भए पनि नेपाली क्रान्तिको नेता हुन सक्दैन । २०३५।०३६ को अँन्दोलन पश्चा मोहन बिक्रम सिंह सित शोहरत गढमा भेट भयो । मोहनबिक्रम सिंहले भारतीय बिस्तार बाद भन्दै भारत मुक्त नेपालको कुरा गरे । मनमा लाग्यो यो मानछे साँच्चैक्रो नेपाली क्रान्तिको नेता हुन सकछ भन्ने । त्येस पछि मोहन बिक्रम सिंह लाई नेता मानेर ने.क. पा.(चौम)मा लागेर काम शुरु गरियो । आफना ब्यकितगत इच्क्षा आकाङ्क्षा, परिवारका चाहँना, परिवार प्रतिको दायित्व सबैलाई एउटै चिहाँनमा दफनाएर आफनो एकमात्र अर्जून दृष्टि नयाँजनबादी क्रान्तिहो भनेर पार्टीको काममा होमिदै जाँदा पार्टीले पनि जिम्मेवारी थपिदिदै नेतृत्व तहमा पुरायो । तेतृत्वमा पुगे पछि योबादलले पनि पानी पार्ने होईन भन्ने लागेर २०४६ सालको चैत्र १२ गते नेकपा (मसाल) बाट राजीनामा दिएर एउटा लडाकु कम्युनिष्ट पार्टी नीर्मण गर्ने अभियानमा लागदै गर्दाृ २०४६ साल चैत्र २६ गते राती बहुदलको घोषण भयो । बदलिएकोराजनीतिक परिस्थितीमा तत्काल लडाकु पार्टी नीर्मण गर्न सम्भव भएन । तीस बर्षे पञ्चायती ब्यबस्थामा उकुस मुकुस भएर बाँचेका नेपाली जनता सबै बहुदलका पछाडी लागे । पार्टी नहुनेहरूले पनि पार्टी बनाउन थाले । हामीले पनि नयाँ लडाकु पार्टी नीर्माण गर्न पर्छ भनेर धेरै छलफल चलायौ । सफलहुन सकिएन । सबै साथीहरूको जोड आफूले चाहेको पार्टीमा प्रबेश गर्न पर्छ भन्ने रह्यो । धेरै जसोले मालेमा जाने मत राखे भने कतिपयले मसालमाफर्कने वा चौममा जाने भन्न थाले । मैले ती कुनै पनि पार्टी बाट नेपालमा नयाँ बिहानीको लाल सूर्य उदाउन नसक्ने देखेर एक बर्ष चूचाप एकलै बसे । साथीहरू सबैले छाडेर आफनो रोजाईका पार्टीमा लागे । यहाँ मैले सम्मानका साथ सम्झनै पर्छ कपिलवस्तुका दलित बर्ग, जस्ले मेरो एक्लो राजनीतिक जीवन यात्रमाा पनि साथ दिएर हौसला बडाई दिने काम गरे त्येसमा पनि बलेश्वर पासी जसले छायाँ जस्तै भएर साथमा हिंडेर मधेशी जनताका घरदैलोमा पुराए । २०४६ सालको घटना पश्चात नेपालको बाम राजनीतिमा सार्बजनिक भएका मदनभण्डारीको राष्टबादी चरित्र सही लागदा लागदै पनि बहुदलीय जनबाद लाई बुजन सकिएन । बहुदलीय जनबाद कम्युनिष्ट बिरादरी भन्दा बाहीरको बिचार जस्तो लागेर सदै रटदै आएको नयाँजनबादको कुरा गर्ने एकता केन्द्रमा लागियो । एकता केन्द्रले पूर्णता नपाउंदै अनेकता केन्द्रमा परिणत भयो । वास्तवमा नयाँ जनबाद रटनेहरू पनि कसरी समाजमा आफू स्थापित हुने भन्ने लडाई मात्रै गर्दा रहेछन । नयाँ जनबादी क्रान्ति सित यिनीहरूको गोरु बेचेको पनि साईनो रहेन छ भन्ने कुराम स्पष्ट भए पछि नेपाली क्रानितको मौलिक कार्य दिशा बहुदलीयजनबादनै रहेछ भन्ने लागेर बहुदलीय जनबादको होडिङ्ग बोर्ड झुण्डाएको कमपाउण्ड भित्र पसे ।बहुदलीय जनबादको आत्मात मदनभण्डारीले ।आफूसितै लगेछन त्यो भित्रत बहुदलीय जनबाद भन्ने नाम मात्रै बाँकि रहेछ । त्येही नामको आधिकारिक उत्तराधिकारी आफूलाई घोषण गरेर पार्टीको सत्ता हत्याउने झगडा रगडाले पार्टी छिया छिया हुदै रहेछ । मदन भण्डारीको राष्टबादी कम्युनिष्ट धार लाई ढाल बनाएर एकिकृत माँहाकाली सन्धी जस्तो राष्टघाती सन्धी गरे पछि त्ये पार्टीमा बसेर राष्टघातमा सहभागी हुन भन्दा एकलै बाहीरिन बेस लाग्यो ।
नेपालीले एउटा कुरा के बुजन जरुरी छभने भारत बाट मुकत नभैकन नेपालको भूगोल पनि सुरक्षित हुदैन र यहाँ कुनै राजनीक परिवर्तन पनि सम्भव छैन,येस्तोसोच हुन थालेको बेलाम एकता केन्द्र फूटेर बनेको नेकपा माओबादी भारत सित मुकावला गर्न टनेल युद्ध गर्ने कुरा गर्न थाल्यो । मैले कतै प्रचण्डहरू लाई बुजने कुरामात गल्ती गरिन ? यही सोंच बोकेर माओबादीमा पुन लागियो । चूँनबाङ्ग बैठक समम आई पुगदा, स्पष्ट भैयो प्रचण्ड, बाबूरामहरू नेपाली क्रान्तिका नायक नभै सत्तका ब्यारीहरू रहेछन, भारतको ईशारामा नाँचेका रहेछन । यो कुरा बुजदा बूजदै पनि त्येती बेलाको अबस्थामा आफूले चाहेर पनि केहीगर्न सकने अस्था थिएन ।
भारतकै योजनामा नेपालमा युद्धबीराम भयो । नेपलमा शान्ती पकृया शुरु भयो, नेकपा (माओदादी) सत्तामा सहभागी भयो । संबिधान सभाको चुनाव भयो । नेकपा (माओबादी)को अल्पमतको सरकार पनि बन्यो । देशले परिवर्तको महशूस गर्न सकेन । उही बिदेशी हस्तक्षेप , सत्तामा पुगन उस्तै बिदेशकिो दलाली, झनठूलो भ्रष्टाचार, जनता माथि अन्याय , अत्याचार सर्बसाधारण जनताले न्याँय पाउन सक्ने अबस्थाको अन्त कर्मचारी तन्त्रमा अराजकता, लोकतन्त्रका नाम जेपनि गर्न छूट सारमा देश बिदेशीहरूको राणभूमी बन्ने क्रममा तिब्रता आदि आएको देखे पछि, माओबादी पार्टी परित्याग गरी तिष्ठा र काङ्गडाको नेपालको सपना बोकेर संयुक्त राष्टबादी मोर्चा नेपालको गठन गरियो ।
कुनै पनि कदम सफलहुन आत्मगत र बस्तुगत बिषय मिल्न पर्दो रहेछ मनले चाहँदैमा कुनै काम सफल हुँदो रहेनछ । नयाँ बिचारका साथ नयाँ पार्टी नीर्माण गर्न बस्तुगत र आत्मगत अवस्थाको मेल कित २०३६ सालमा मिलेको रहेछ कि २०५५ सालमा नेकपा एमाले भिजानको बेलामा । समय लाई पहीचान गर्न नसक्दा २०३६ सालमा मोहनबिक्रमका पछि लागियो र २०५५ सालमा बामदेका पछि लागियो । प्रतिकूल अबस्थामा पार्टी नीर्माण गर्न खोजदा सफल हुन सकिएन । २०५१ सालमा नेकपा (माओबादी) बट अलग भएर संगठन गर्न खोजदा पार्टी भित्रको अराजक साथीहरूको मात्रैै सहभागी हुन आये । अराजक भूmूण्ड बाट बन्ने पार्टीले क्रान्तिको कार्यभार पुरा गर्न सक्दैनथ्यो । त्येसकारण नयाँ पार्टीको गर्भमै मृत्यु भयो । पत्र पत्रिका र रेडियोमा बोल्ने धेरै राष्टबादी देखिए । त्येसकारण सम्पूर्ण राष्ट बादीको एउटै मोर्चा बन्न पर्छ भनेर२०६५ सालमा काठमाण्डू तिर लागे । लगातार एकबर्ष सम्म हार नमानिकन प्रयास गर्दा पनि तथा कथित राष्ट बादीहरूको भेला भ्यागुताके धार्नी जस्तै भयो । सबै जसोलेनै एकले आर्काको पोल खोल्दै गए । कोहीले भारतीय दूताबास बाट खर्च खाने गर्दा रहेछन, कसैले चीनो दूताबास बाट । पैसा खाँदा रहेछन, कसैले अमेरिकी दूताबास बाट पैसा खाँदा रहेछन, कसैले पाकिस्तानी दूताबास बाट एबं रितीले पत्रिकामा लेख छपाउनेर रेडियोमा अन्तर बार्ता दिने ‘राष्टबादीहरू’ कुनैन कुनै दूताबासको खान्गी खाएर काठमण्डूमा सुबिधा पूर्बक बस्दा रहेछन । येस्ता बिश्लेषक वा राष्टबादीहरूले, मेरो कुराको उत्तरमा तपाई जस्तो मान्छे काठमाण्डूमा चाहिएको छ । मैले बस्ने खाने ब्यबस्था गर्छु,कुन पदमा बस्नेहो भन्नुस भन्न थाले । बिदेशी दूताबास बाट पालिएका बाहेक अरु राष्टबादीत आएनन । एकबर्षको कठीन प्रयासले जम्माहुन आएका युवाहरू माओबादी पार्टीकानै भए । उनीहरू पनि चन्दा उठाएर खाने बानी लागेका थिए । त्येसकारण उनीहरूका योजना नयाँ पार्टी खोलेर करोडौ चन्दा उठाउने र खाने मात्रै भयो । बिचराहरू केगरुन, त्येही सिकेर आएका थिए । मैले नयाँ पार्टी गठन गर्न पर्ने आबश्यकताका बारेमा कुरा राखदै गए पछि । सबैले मलाई छाडेर गए । त्येही पनि बल्ल बल्ल संयुक्त राष्टबादी मोर्चा नेपाल गठन गर्नत सफल भैयो त्यो पनि दोस्रो संबिधान सभाको समयमा पर्टाी दर्ता गराउने बेलामा फूट्यो । कारण समानुपातिक सिटहुन पुग्यो । आफू सित हुँदै नभएको संपत्तिका लागी झगडा गरेर मुुद्दा लडे जजस्तो भयो ।
अब मूल बिषयमा प्रबेश गरौ ः— युवा बर्ग राष्ट, समाज र प्रगतिको भबिश्यहो, यो कुरा सारा सन्सारले मानेको कुराहो । चीनका महाँन नेता माओत्से तुङ्गले युवाहरू लाई भनेका थिए; “ युवाहरूहो यो सन्सार तिमीहरूकोहो, हाँम्रो पनिहो, अन्तमा तिमा्रेहो ।” बास्तममा यो सन्सार अन्तमा युवाहरूकोनैहो । यूवाहरूले आफूलाई चिन्न परो, आफनो महत्व बुजन परो र आफनो समाज र राष्टप्रतिको दायितव बुजेर त्यो दायित्व लाई पुरा गर्न परो । मानव जातीकी दुई ओटी आामा हुन्छन एउटी जन्मदिने अाँमा आर्की जसको काखमा जन्म हुन्छ ती आामा अर्थात जन्मभूमी । नेपाली युवाहरूहो आज हाँम्री दुदै अँमाहरू दुखीछन । जन्म दिने आँमाहरू सन्तान द्वारा उपेक्षा भएका कारणले, जन्भूमी बिदेशी अतिक्रमणले । तपाईहरूले जस्लाई नेता मान्नु भएकोछ , जसलाई अफनो आदर्श मानेर बिश्वास गर्नु भएकोछ, के यी मान्छेहरू आदर्श पुरुषहरू हुन ? के यी मानछेहरू लाई बिश्वास गर्न हुनछ ? मैले आफनो छदशक लामो अनुभवका आधारमा पूर्ण बिश्वाँसका साथ भन्न सकछु यी मानछेहरू नेपाली जनताका नेता पनि होईनन, आदर्श पुरुष पनि होईनन र बिशवा गर्ने लायक पनि छैनन । त्येसो भए केहुन्त यी जन्तुहरू ? यो प्रश्नको उत्तर, यिनीहरू नेपाली लेण्डूपेहरू हुन । यिनीहरूले आफनो स्वार्थ पुरा गर्न नेपाल लाई सिक्किम जस्तो पनि बनाउन सकछन र मृत्यु शैयामा नपुगन जनी कुर्सी पनि छाडदैन । आर्को महत्वपूर्ण बिषय आज सम्म जे लाई हामीले क्रान्ति वा परिवर्तन भन्दै आयौं, ती सबै भारत द्वारा प्रायोजित गरिएका घटना रहेछन ।त्येसकारण नेपाली जनताको पटकपटकका बलिदानका बाबजूद नेपालमा कुनै पनि क्षेत्रमापरिवर्तन हुन सकेकोछैन । नेपालमा आफनो स्वतन्त्र पहलमा कुनै राजनीतिक आनदोलननै हुन सकेको छैन । नेपाल लाई जोगाउनेनैहो भने सबै पार्टीमा नेतृत्व युवा वर्गको हातमा आउन पर्छ अस्ताचलमा पुगेर डूबन थालेका लेण्डूपेहरू बाट नेपाल जोगिन सकदैन । नेपालको राजनीतिमा नाङ्लो पसले सस्कृति हाबी भएकोछ । एकहातले सामान दिने आर्को हातले पैसा लिने ।लगानी गर्न नसकने । नाङ्लो पसले प्रबृतिका राजनीतिक झुण्डहरूले पनि यो देशको रक्षा गर्न सकदैनन । आज पार्टी खोल्ने भोली मन्त्री ताकनेहरू लाई नाङ्लो पसले जस्तो राजनीति गर्ने भनिएकोहो ।
अतः अब युवा बर्गले हिम्मत गरेर योदेशो नेतृत्व लिन पर्छ । नेपानल र नेपालीको सुखद भबिश्यका लागि नयाँ पथ र नयाँ संगठन पनि आफै खोल्न पर्छ । यो समयको पुकारहो । समपूर्ण नेपाली जनतको युव बर्ग लाई आह्वानहो । देश डुब्दै छ नेपाली मर्दै छन आउ युवाहो देश र जनता लाई बचाउ ।
अर्को समाचार
Comments