सब डिभिजन बन कार्यालय पटना कपिलबस्तु

देउवालाई विश्वासको मत दिँदैमा सरकारमा जानुपर्छ भन्ने हुँदैन : पन्त

0

काठमाडौँ — नेकपा एमालेका नेता रघुजी पन्तले प्रधानमन्त्री शेरबहादुर देउवालाई माधवकुमार नेपाल पक्षले विश्वासको मत दिने संकेत गरेका छन् । नेता पन्तले देउवा सरकारलाई विश्वासको मत दिँदैमा सरकारमा जानैपर्छ भन्ने नभएको बताएका छन् ।

देउवाले संसद्‌बाट विश्वासको मत लिनु पहिला आइतबार सामाजिक सञ्जालमार्फत पन्तले भनेका छन्, ‘शेरबहादुर देउवालाई विश्वासको मत दिँदैमा सरकारमा जानुपर्छ भन्ने हुँदैन ।’ पार्टीको विवाद समाधानका लागि एमाले कार्यदलको सुझावलाई आधार बनाएर अघि बढ्नुपर्ने पन्तको आग्रह छ ।

‘कार्यदलको सुझावलाई आधार बनाएर एकता मजाले गर्न सकिन्छ, चाहेमा । माधव नेपालको पुत्ला जलाउने, उनकोविरूद्ध मनपरी नारा लाउने र उनलाई पार्टीमा ठाउँ छैन भन्दै अध्यक्ष आफैले भाषण गर्दै परिस्थिति बिगारेको यथार्थलाई पनि मनन गरौं,’ पन्तले सामाजिक सञ्जालमा लेखेका छन् ।पार्टी एकताका लागि सबैलाई जिम्मेवार बन्न पनि पन्तले भनेका छन् । ‘सबै जिम्मेवार बनौं । पार्टी एकताको प्रयासलाई सफल पार्न आ-आफ्नो ठाउँमा सबैले भूमिका खेलौं । हुनुपर्नेहरूलाई चेतना भया,’ उनको आग्रह छ ।

Comments
Loading...