दशै शुभकामना Set 1
दशै शुभकामना Set 2

तीन एजेण्डामाथि छलफल गर्न माओवादी केन्द्रको बैठक बस्दै

0

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । बुधबार दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको स्थायी कमिटी सदस्य वर्षमान पुनले जानकारी दिए ।

उनका अनुसार बैठकमा सरकारलाई प्रभावकारी बनाउने, मन्त्रिपरिषद् विस्तार गर्ने र पार्टीको संगठनात्मक विषयमा छलफल हुने छ । साझा कार्यक्रममा साथ सरकार सञ्चालन गर्ने गठबन्धनका नीतिबारे पार्टीमा छलफल हुन लागेकाे हो ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी थालेकाले पार्टीका तर्फबाट पठाउने नामबारे पनि छलफल हुने छ। आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तारको तयारी थालेको देखिन्छ ।

सर्वोच्च अदालतले २८ असारमा प्रतिनिधिसभा पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि २९ मा प्रधानमन्त्रीसँगै काँग्रेस र माओवादीका दुई–दुई मन्त्री बनेका छन् ।

२५ सदस्यीय मन्त्रिपरिषद्मा २० जना नयाँ मन्त्री थपेर तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री देउवाको योजना छ ।

global bank
Comments
Loading...