कपिलवस्तु नगरपालिका वडा नम्बर १० चेत्रादेइका एक बालक बाणगंगा नदीमा बेपत्ता भएका छन्। स्थानीय रामचन्द्र केवटका छोरा कबिराज नदीमा पसेका भैसीहरुलाई बाहिर निकाल्न नदीमा जाँदा बिहीबारदेखि बेपत्ता भएका हुन्। स्थानीय तुलसीराम यादवका अनुसार बेपत्ता भएका बालक अझैसम्म फेला परेका छैनन्। घटनास्थल वरपर सशस्त्र प्रहरीको तालिम प्राप्त टोली बेपत्ता बालकको खोजी कार्य जारी राखेका छन्। सशस्त्र प्रहरी उपरीक्षक डिबि कार्कीले बेपत्ता भएका बालकको खोजी कार्य जारी रहेको बताए।
