सब डिभिजन बन कार्यालय पटना कपिलबस्तु

लुम्बिनी प्रदेशमा नि:शुल्क आँखाको नानी प्रत्यारोपण गरिने

0

दाङ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभर ‘कर्निया’ अर्थात् आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने भएको छ। चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कार्यक्रम लागू गर्नेमा सात वटा प्रदेशमध्ये लुम्बिनी पहिलो बनेको छ।

आँखाको ज्योति गुमाएर अन्धोपन भएकाहरूलाई त्यही अवस्थामा बसिरहन नपरोस् भनेर यो कार्यक्रम ल्याइएको स्वास्थ्यमन्त्री राजु खनालले बताए। कार्यविधि तयार गरेर कार्यक्रम अब लागू गरिने स्वास्थ्यमन्त्री खनाल जानकारी दिए। यसका लागि कार्यविधि बनाउने प्रक्रिया सुरु भइसकेको उनको भनाइ छ।

आँखाको नानी प्रत्यारोपणका लागि बिरामीलाई रकम उपलब्ध गराउने नभई अस्पतालसँग सहकार्य गरेर अस्पतालकै खातामा रकम सोधभर्ना गर्ने गरी कार्यविधि तयार भइरहेको छ।

Comments
Loading...