दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

कोरोना कहर : शनिबारदेखि एक साताका लागि झापा पूर्ण रुपमा सिल गरिने

0

झापा । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि झापामा शनिबारदेखि एक साता पूर्ण सिल गरिने भएको छ ।

जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीसीएमसी), पालिका प्रमुख, उद्योग वाणिज्य संघका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधलगातको बिहीबार बसेको संयुक्त बैठकले शनिबार राति १२ बजेदेखि एक साताका लागि झापा जिल्ला पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको हो ।

एकपछि अर्को गर्दै जिल्लाका दशभन्दा बढी पालिकाहरुले आ–आफ्नो क्षेत्र सिल गर्न थालेपछि पूरै जिल्ला नै सिल गर्ने निर्णय लिइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।

जिल्लाका दमक, बिर्तामोड, कनकाई, बुद्धशान्ति, शिवसताक्षी, कमल, मेचीनगर र गौरादहले आ(आफ्नो क्षेत्र सिल गर्ने निर्णय गरिसकेका थिए । जसलाई जिल्ला प्रशासन कार्यालयले समेत यस अघि नै अनुमोदन गरिसकेको छ ।

aataal sement
Comments
Loading...