कपिलवस्तु-राष्ट्रिय युवा संघ शिवराजको बृहत भेला सम्पन्न भएको छ । नगर तथा जिल्लाका सयौं युवाहरुको उत्साहजनक उपस्थितिमा भेला आयोजना गरेको हो । भेलालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय कमिटीका सचिव तुल बहादुर अधिकारीले पार्टि मजबुद बनाउन संगठननको अहम भुमिका रहने बताउनु भयो । एमालेबाट चोइटिएर जाँदैमा एमालेलाई कुनै असर नपर्ने पनि अधिकारीले बताउनुभयो ।नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष झविलाल पोख्रेलले एमाले आफ्नो कर्म र व्यवहारकै कारण आज मजबुद बन्दै सबैको पृय बनेको बताउनुभयो । कार्यकर्ता तथा आम नागरीकले गर्व गर्ने पार्टि भनेकै एमाले भएकाले कोहि छुटिदैमा कमजोर हुन आवश्यक नभएको बताउनुभयो । त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रिय कमिटी सदस्य एवम लुम्विनी प्रदेश सभा सदस्य विष्नु पन्थीले एमालेहरु एकजुट हुनुपर्ने भन्दै पाटि फुटाउनेक काम गलत भएको टिप्पणी गर्नुभयो ।नेकपा एमाले जिल्ला आयोजक कमिटी सचिवालय सदस्य एवम युवा इन्चार्ज चक्रपाणि अर्यालले पार्टिलाइ मजबुद बनाउ संगठनका हरेक गतिविधहरु निरन्तर गतिशिल रुपमा चलायमान बनाउन आवश्यक रहेको बताउनुभयो ।कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमीटी सचिवालय सदस्य बलराम अधिकारी ,नेकपा एमाले जिल्ला आयोजक कमिटी सचिवालय सदस्य नेत्रराज अधिकारी ,लुुम्विनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसी,शिवकुमारी थारु लगाएत नगरका पार्टी र जनवर्गीय संगठनका नेताहरुले सम्बोधन गर्नु भएको थियो । राष्ट्रिय युवा संघ नेपाल शिवराज नगर कमिटीका अध्यक्ष राम चन्द्र केसी को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संजिव यहतराजले गर्नु भएका थियो । भेलाले आजै नया नेतृत्व समेत चयन गर्ने छ ।