सब डिभिजन बन कार्यालय चेत्रदेई कपिलबस्तु

त्रिभुवन विश्वविद्यालयमा वैशाख २२ देखि जेठ १३ सम्म वर्षे विदा

0

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले चालु शैक्षिक सत्र २०७९ को वर्षे विदा दिएको छ। त्रिविले सूचना जारी गर्दै वैशाख २२ देखि जेठ १३ गतेसम्म वर्षे विदा दिएको हो। त्रिवि कार्यकारी परिषद्को वैशाख १४ गतेको बसेको बैठकले यस्तो निर्णय गरेको हो।

सूचनामा भनिएको छ, ‘त्रिवि कार्यकारी परिषद्को मिति २०७९ वैशाख १४ मा बसेको बैठकको निर्णन नं। १३५९ बाट चालु शैक्षिक सत्रको वर्षे विदाका सम्बन्धमा सत्रान्त विदा दिइने क्याम्पसहरूको हकमा सम्बन्धित अध्ययन संस्थानबाट निर्णय गरे बमोजिम गर्ने र अन्य क्याम्पस, विभाग र स्कुलहरूको हकमा विद्यार्थीहरूको नियमित परीक्षा सञ्चालन यथावत रहने गरी मिति २०७९ वैशाख २२ गते देखि मिति २०७९ जेष्ठ १३ गते सम्म जम्मा २३ दिन चालु शैक्षिक सत्रको वर्षे विदा दिने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’

Comments
Loading...