दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

भैरहवा आयो वाईडबडी जहाज

0

बुटवल : भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी ए–३३० जहाजले सफल अवतरण गरेको छ । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रहेको उक्त बिमानस्थलमा पहिलो पटक राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले ५ः५५ बजे अवतरण गरेको हो । काठमाण्डौ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन्चारकर्मी पर्यटन ब्यवसायी सहित उडान भरेर आएको उक्त विमान काठमाडौंबाट भैरहवामा ५० मिनेटमै अवतरण गरेको थियो । विमानस्थलमा पहिलो पटक ठुलो विमानको अवतरण भएपछि पर्यटन व्यवसायी मात्रै होईन यस क्षेत्रका सर्वसाधारण समेत निकै उत्साहित छन् । सन २०१५ को सुरूमा थालनी भएको विमानस्थलको काम सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सम्झौता भएकोमा, भुकम्प तथा चिनिया निर्माण कम्पनी र नेपाली सप्लायर्सका बिच बिवाद हुदा लम्विएको थियो ।

एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्शन ग्रुरुपले निर्माण गरेको हो । पछिल्लो पटक सन् २०२० को मार्चसम्म निर्माण सक्ने योजना रहे पनि कोभिड महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिक रूपमा सञ्चालनमा आएको हो । आयोजनाको पहिलो चरणमा करिब रु ११ अर्ब खर्च भएको प्राधिकरणले जनाएको छ। धावनमार्गको लम्वाई ३ हजार मिटर र चौडाई ४५ मिटर मिटर रहेको छ । अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै निर्माण प्रक्रिया अघि बढाइने छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रशासन अधिकृत विनोद सिंह रावतले वायुसेवा निगमको वाइडबडी जहाजले सफल परीक्षण उडान गरेको बताए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्राधिकरणका प्रमुख गोविन्द प्रसाद दाहाल वाईडवडी जहाजले सफल परिक्षण गरेकाले अब अन्तर्राष्ट्रिय उडान भर्न सहज हुने बताए । विमानस्थलको नयाँ धावनमार्ग अघिल्लो हप्ता देखि संचालनमा आइसकेको छ। पुरानो धावन मार्गलाई ट्याक्सी पार्किङको रुपमा प्रयोग गरिएको छ ।

अहिले आन्तारिक तर्फबाट उडानहरु नयाँ धावनमार्गबाटै भइरहेका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गत बैशाख ८ गतेदेखि आन्तरिक रुपमा सञ्चालनमा आइसकेको छ। यद्यपि यो विमानस्थलमा आगामी जेठ २ गते बुद्धपूर्णिमाका दिनदेखि नियमित तथा ब्यवसायीक अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनेछ । कुवेती जहाज कम्पनी जजिरा एयरवेजले आउँदो जेठ २ गतेदेखि हप्ताको तीन दिन कुवेतबाट गौतमबुद्ध विमानस्थलमा उडान गर्ने गरी अनुमति लिएको हो ।

उसले सोमबार, बुधबार र शुक्रबार उडान भर्नेछ। त्यस्तै यस्तै अन्य वायुसेवा कम्पनीहरुले पनि चासो देखाइरहेको विमानस्थल प्राधिकरणले जनाएको छ । यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ ।

Comments
Loading...