कपिलवस्तु : स्वतन्त्रबाट उम्मेदवारी मनोनयन गरेका मुक्त बहादुर कार्कीले उम्मेदवारी फिर्ता लिएका छन् । कार्कीले बाणगंगा- २ को वडाअध्यक्ष पदका लागि वैशाख १२ गते निर्वाचन अधिकृतको कार्यालय गजेहडामा मनोनयन दर्ता गराएका थिए ।
नेकपा एमालेका नगर उपाध्यक्ष समेत रहेका कार्कीले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका पछि उनले पार्टीबाट राजिनामा समेत दिएका थिए । वाणगंगा २ राजपुर निवासी कार्की विगत ३ दशक बढिदेखि नेकपा एमालबाट सक्रिय राजनीति गर्दै आएका थिए ।
उनले पार्टी कार्यकर्ताको आग्रहमा नेतृत्वसंग सहमति गरी आफ्नो स्वतन्त्र उम्मेदवारी फिर्ता लिएको बताए ।