दशै शुभकामना Set 1
दशै शुभकामना Set 2

बाणगंगामा राप्रपाका उम्मेदवार ‘भ्रष्टचार गर्दिन र गर्न दिन्न’ भन्ने कसम खाएर घरदैलोमा

0

राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना उम्मेदवा्रलाई कसम खुवाएर घरदैलो अभियानमा पठाएको छ । बाणगंगामा राप्रपाबाट उम्मेदवार बनेका मेयर, उपमेयर, वडाध्यक्ष र वडा सदस्यहरुले कपिलधाममा ‘भ्रष्टचार गर्दिन र गर्न दिन्न’ भनि कसम खाएका हुन् ।

राप्रपा कपिलवस्तुले आफ्ना उम्मेदवारलाई नगरको कुनैपनि पदमा निर्वाचित भएमा पक्षपातरहित तवरले आफ्नो पदिय जिम्मेवारी इमान्दातापूर्वक पालना गर्ने, भ्रष्टचार नगर्ने, नगराउने र कमिसन नखाने कसम खुवाएको राप्रपाका केन्द्रिय सदस्य ध्रुब रायमाझिले बताउनुभयो । कपिलधाममा रहेको शिवमन्दिर अगाडी राप्रपाका उम्मेद्वारलाई केन्द्रिय सदस्य रायमाझीले कसम खुवाउनुभएको हो । सो क्रममा स्वस्ती वाचन पनि गरिएको थियो ।

कार्यक्रममा राप्रपा वाणगंगा नगरप्रमुखका उम्मेद्वार, उपप्रमुख सम्पूर्ण वडाअध्यक्ष, सदस्यका उम्मेद्वार लगाएको सहभागिता रहेको थियो ।
यसैबीच आज वाणगंगाको वडा नम्बर ९ भलवाडमा घरदैलो कार्यक्रम गरेको छ । नगर प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षका उम्मेदवार सहित घरदैलो अभियान गरिएकोे राप्रपा वाणगंगाले जनाएको छ । घरदैलो कार्यक्रममा उम्मेद्वार आफ्ना घोषणापत्र सहित जनताको घरआँगनमा पुगेका छन् । जनताबाट राम्रो प्रतिक्रया पाएको भन्दै आफ्नो जित सुनिश्चत रहेको केन्द्रिय सदस्य धुब्र रायमाझीले बताउनुभयो । राप्रपाको राष्ट्रवादी एजेन्डाका कारण पछिल्लो समय राप्रपामा जनलहर बढेको उहाको दाबी छ ।

यस्तै बाणगंगा ८ बोडगाउँमा पनि राप्रपाको घरदैलो कार्यक्रम जारी छ । राप्रपाका केन्द्रिय सदस्य धुब्र रायमाझिको नेतृत्वमा घरदैलो कार्यक्रमलाई तीब्रता दिईएको राप्रपा बाणगंगाले जनाएको छ । राप्रपाबाट मेयरकी उम्मेदवार सिता कुमारी थारु, उपमेयरका उम्मेदवार डिल्ली शर्मा, वडा नं। ८ मा वडाध्यक्षका उम्मेदवार भगे्रन्द्र बहादुर उचै ठकुरीसहित नेता कार्यकर्ताहरु मतदाताको घरदैलोमा पुगेका छन् ।

घरदैलो कार्यक्रमका क्रममा राप्रपाप्रति आम नागरिकको एक छुट्टै किसिमको आशा, भरोसा र उत्साह देखिएको राप्रपाका केन्द्रिय सदस्य ध्रुब रायमाझिले बताउनुभयो । देशका प्रमुख राजनितिक पार्टीहरुलाई पटकपटक जिताएर पठाएको तर त्यसले देशलाई सहि दिशा प्रदान गर्न नसकेको भन्दै मतदाताहरुले आफु समक्ष गुनासो गरेको केन्द्रिय सदस्य रायमाझिले बताउनुभयो ।

राप्रपाको घरदैलो कार्यक्रम अन्तर्गत आज वडा नं.९ र ६, वैशाख २० गते वडा नं।१, वैशाख २१ गते वडा नं।११ र २, वैशाख २२ गते वडा नं। ५ र ४, वैशाख २३ गते वडा नं।१० र वैशाख २४ गते वडा नं.३, वैशाख २५ वडा नं.५ र ६ मा अभियान संचालन गरिने छ । राप्रपाले बाणगंगाका ११ वटै वडामा उम्मेदवार खडा गरेको छ ।

global bank
Comments
Loading...