कपिलवस्तु : नेकपा एमाले मेयर पदका उम्मेदवार पिताम्बर खनालले बुद्धभूमि नगरपालिका वडा नम्बर ८ का समस्या तत्काल पुरा गर्ने प्रतिबद्धता जनाउनु भएको छ । बडा नम्बर ८ साविक हरीहरपुरमा जनता सँग मत माग्दै उहाँले वडामा धेरै समस्या देखेको बताउनु भयो ।
विपन्न समुदायको घर अझै सम्म पनि कच्ची रहेको हुँदा पहिलो वर्षमा खरको छानो मुक्त गर्ने बताउनु भयो । वडामा स्वच्छ खानेपानीको समस्या भएको जनाउँदै एक घर एक धारा कार्यक्रम लागु गर्ने बताउनु भयो । सडकको अवस्था अझै पनि कमजोर रहेकोले पिसीसी गर्ने र कालो पत्रे गर्ने बताउनु भयो । सूर्य चिन्हबाट बुद्धभूमि नगरपालिकाको मेयर पदमा निर्वाचन लड्नु भएको खनालले हेल्थपोष्टलाई वर्थिङ सेन्टरको रुपका विकास गर्ने बताउनु भयो ।
वडामा घरदैलो गर्ने क्रममा एमाले उपमेयरका उम्मेदवार मन्जु थारुले बुद्धभूमि वडा नम्बर ८ मा केही वर्ष अगाडी नापि भएको डि–बलकको जग्गाको लालपुर्जा नपाएको हुँदा एमालेले जिते पछि भुमिहिन , सुकुम्वासी र डि–बलकको लालपुर्जा वितरण गर्ने बताउनु भयो । भुमिहिन सुकुम्वासीको नेताको रुपमा काम गर्दै आउनु भएका मन्जु थारुले एमालेले मात्र बुद्धभूमिको विकास गर्ने बताउनु भयो ।
वडा अध्यक्षको उम्मेदवार हुनु भएको सावित्री तिवारीले वडामा किशोरी तथा महिलाहरुलाई फ्रि मा सेनेटरी प्याडा वितरण गर्ने र मोवाईलको टावर स्थापनाको लागि पहल गर्ने बताउनु भयो । एमालेबाट निर्वाचित हुनु भएको साँसद विजेशकुमार गुप्ताले संसदीय विकास कोष मार्फत हरिहरपुर तालमा सिँचाईको व्यवस्थाको लागि ५० लाख बजेट विनियोजन गरे पनि तत्कालिन मेयर केशव कुमार श्रेष्ठ र वडा अध्यक्ष कपिलदेव तिवारीले योजना सञ्चालन नगरी रकम फ्रिज गरेको भन्दै आपत्ती प्रकट गरेका थिए ।