कपिलवस्तु, असार ९! बुबा आमाले आफ्नो सन्तानलाई विभिन्न अवसरहरुमा उपहार दिने गर्दछन्, आफ्नाे आर्थिक र भाैतिक अवस्थाले सक्ने जति सक्दो आफ्नो सन्तानलाई उपहार दिने बुबा आमाको प्रयास हुन्छ ।यस्तै कपिलवस्तु नगरपालिका वडा नम्बर – ०३ ,कपिलवस्तु निवासी राकेश कुर्मीले भने आफ्नो छोरा रिसभ कुर्मीकाे जन्मदिनको अवसरमा ५ लाखको बाल भविष्य जीवन बीमा प्रदान गरेका छन् ।सिटिजन जीवन बीमा कम्पनीको सिटिजन बाल भविष्य जीवन बीमा योजना अन्तर्गत यो उपहार दिएको आमा रिताले बताइन् । बुबा राकेश कुर्मी भन्छन, ” सन्तानलाई वर्तमान मात्र हैन भविष्य पनि सुरक्षित पार्न विलायसी खर्चमा उपहार दिनु भन्दा हरेक अभिभावकलाई जीवन रक्षा र बीमा योजनामा सहभागी भई यस प्रकाको उपहार मा जोड दिए अब्बल हुन्छ “।
![दशै शुभकामना Set 1](http://buddhabhumionline.com/wp-content/uploads/2024/10/Subhakamana-_-Ads-1_11zon.jpg)
![दशै शुभकामना Set 2](http://buddhabhumionline.com/wp-content/uploads/2024/10/Subhakamana-_-Ads-2_11zon.jpg)
![](http://buddhabhumionline.com/wp-content/uploads/2024/10/Subhakamana-_-Ads-2_11zon.jpg)