दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

प्रचण्ड : गठबन्धनभित्र वामपन्थीको चुनावी मोर्चा बन्न सक्छ

0

काठमाडौं ।
नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनभित्र वामपन्थीहरूको चुनावी मोर्चा हुनसक्ने बताएका छन्।

जनकपुर विमानस्थलमा शनिबार पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले अहिले गठबन्धनभित्र वामपन्थी पृष्ठभूमिका सबैसँग कुराकानी भइरहेको बताए।

‘गठबन्धनभित्र भएका वामपन्थी पृष्ठभूमिका सबै समूहसँग कुरा भइरहेको छ। त्यसमा माधवजी ९माधव नेपाल०, उपेन्द्रजी९उपेन्द्र यादव०, बाबुरामजी ९बाबुराम भट्टराई० हुनुहुन्छ र अहिले त्यसमा वामदेवजी वामदेव गौतम पनि मिसिनुभएको छ।’, प्रचण्डले भने, ‘हामीले गठबन्धनभित्रका वामपन्थीहरूको बीचमा एउटा राम्रो समझदारी बनाउनुपर्छ र सकियो भने चुनावी खालको विशेष मोर्चा पनि हुन सक्छ, भोलि एकता हुने भयो भने पार्टी एकता संयोजन समिति पनि हुन सक्छ भनेर छलफल अघि बढाएका छौं।’

यी विषयमा छलफल चलिरहेको र अहिले नै निष्कर्षमा नपुगेको उनको भनाइ छ। उनले आफ्नो भारत भ्रमणका क्रममा कुनै पनि सहमति र समझदारी नभएको भन्दै आरजु राणालाई प्रधानमन्त्री बनाउने भन्दै गरिएको प्रचार भ्रामक र आपराधिक भएको जिकिर गरे।

 

aataal sement
Comments
Loading...