दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

प्रचण्ड : ०६४ मा माओवादीबाट जो उठे पनि जित्थ्यो, अहिले पैसा खर्च गर्नेले मात्र जित्छ

0

काठमाडौं ।
नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमा दलाल पुँजीपतिहरू पैसा खर्च गरेर आइरहेको भन्दै संघर्ष गर्नुपर्ने बताएका छन्।

सोमबार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको ९ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै उनले अबको निर्वाचनबाट दलाल पुँजीपति, नोकरशाह पुँजीपति र भ्रष्टहरू मात्रै चुनिने खतरा रहेको भन्दै राजनीतिक दलहरुमा यसको गम्भीर छलफल हुन आवश्यक रहेको बताएका हुन्।

अहिले चुनावमा धेरै पैसा खर्च गर्न नसके र तिकड्म गर्न नजाने चुनाव जित्नै गाह्रो रहेको बताए। स्थानीय तहको चुनावमा नै गाउँपालिका अध्यक्षको लागि १० करोड रुपैयाँ खर्च भएको जानकारी पाएको उल्लेख गर्दै संघ र प्रदेश चुनावमा सांसदको खर्च १ अर्ब माथि हुने बताए।

‘२०६४ सालको चुनावमा माओवादी भनेर उठाइदिएपछि जितिहाल्ने जस्तो भएको थियो, अहिले त्यस्तो छैन। अब धेरै पैसा खर्च गर्न सकेन भने, अनेक खालका तिकड्म गर्न जानेन भने चुनाव जितेर आउन धेरै नै गाह्रो छ’ उनले भने।

देशमा परिवर्तन ल्याउने काम माओवादीले मात्रै गर्नसक्ने दाबी गरे।

bijayanagar
Comments
Loading...