बुटवल ।
समाजिक सेवामा क्रियाशिल रोटरी क्लब अफ रुपन्देहीले शारीरिक रुपमा अशक्त भएकालाई ह्विल चियर सहयोग गरेको छ । क्लबले आइतबार एक कार्यक्रको आयोजना गरी तिलोत्तमा नगरपालिका भित्रका हिड्न नसक्ने विपन्न परिवारका १० जनालाई २ लाख रकम बराबरको ह्विल चियर प्रदान गरेको हो ।
कार्यक्रम तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणको प्रमुख आथित्यता र क्लबका अध्यक्ष ऋषिराम भण्डारीको आध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले क्लब निरन्तर रुपमा सामाजिक सेवामा क्रियाशिल भएकोमा खुसि व्यक्त गर्दै आग्रामी दिनमा अझ प्रभावकारी रुपमा समाजिक सेवामा क्रियाशिल हुन आग्रह गरे । साथै आफू रोटरी क्लबसँग सहकार्य गरेर अघि बढ्ने र क्लबलाई आवश्यक पर्ने सहयोग गर्नका लागि नगरपालिका तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
यस्तै रोटरी क्लब अफ रुपन्देहीका अध्यक्ष ऋषिराम भण्डारीले विपन्न परिवार त्यसमा पनि हिड्न नसक्नेका लागि धेरै समस्या भएको देखेर ह्विल चियर वितरण गरिएको बताए । क्लब तिलोत्तमा नगरपालिकासँग क्लब हातेमालो गरे अघि बढ्ने बताउँदै अध्यक्ष भण्डारीले नवनिर्वाचित नगरप्रमुख रामकृष्ण खाँणलाई बधाई समेत दिएका थिए ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष रमेश डुम्रे, वडा नम्बर ११ का अध्यक्ष विष्णुबहादुर बराल क्षेत्री, रोटरी क्लब अफ रुपन्देहीका जोन–२०२९ असिस्टेन्ट गर्भनर राजु खरेल, रोटरी क्लब अफ रुपन्देहीका असाइन असिस्टेन्ट गर्भनर राजुदेवी खनाल, चार्टर प्रेसीडेन्ट राजेन्द्र सुवेदी, करहिया सामुदायिक वनका अध्यक्ष खेमप्रसाद गौतम लगायत रोटरीयन र रोट्याक्टहरुको सहभागिता रहेको थियो ।
रोटरी क्लब अफ रुपन्देहीका सर्भिस प्रोजेक्टर चेयर यमलाल पाण्डेका संयोजकत्वमा रहेको कार्यक्रको संचालन क्लबका सचिब थानेश्वर चापागाईले गरेका थिए ।