दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

मासिक शूल्क वृद्धि विरुद्ध एमाले निकट अनेरास्ववियुद्धारा पब्लिक क्याम्पस संघ कपिलवस्तुलाई ज्ञापन पत्र

0

बुद्धभुमी अनलाइन, कपिलवस्तु ।
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पब्लिक क्याम्पस संघ कपिलवस्तुलाई क्याम्पसहरुको मासिक शूल्कमा भएको वृद्धि घटाउन संघका अध्यक्ष डा विनय पाण्डेयलाई ज्ञापन पत्र बुझाएको छ ।
सोमबार अनेरास्ववियुले विद्यार्थीहरुको शूल्कले मात्र सामुदायिक क्याम्पस चलाउने बिषयमा केही विकल्प खोज्न माग गरेका छन्। यस्तो विषम परिस्थितीमा विद्यार्थीसँग चर्को शुल्क नलिन माग गर्दै पाण्डेयलाई ज्ञापनपत्र बुझाएको हो ।

अनेरास्ववियुका जिल्ला अध्यक्ष दयाराम पौडेलको नेतृत्वमा गएको टोलीले पाण्डेलाई बुझाएको ज्ञापनपत्रमा जनताका आधारभूत विषयमा अन्याय, अत्याचारका विरुद्धमा संघर्ष र बलिदान गर्न जस्तोसुकै अवस्थामा पनि तयार भएको उल्लेख छ ।

विद्यार्थीका रचनात्मक आन्दोलनलाई वेबस्ता गरि विद्यार्थीको ढाड सेक्ने गरि गरिएको शुल्क वृद्धिलाई खारेज नगरिए अझ कडा आन्दोलनको कार्यक्रम सार्वजनिक गर्न वाध्य हुने समेत चेतावनी दिएका छन। उक्त ज्ञापन पत्र अनेरास्ववियुका जिल्ला अध्यक्ष दयाराम पौडेल लगायत उपाध्यक्ष अन्जित खनाल,जिल्ला सह(सचिव हेमराज खनाल ,जिल्ला सदस्य विकास भुषाल र सिद्वार्थ क्याम्पस कमिटी अध्यक्ष पशुपति गिरीको उपस्थितिमा ज्ञापनपत्र बुझाएका हुन् ।

aataal sement
Comments
Loading...