दशै शुभकामना Set 1
दशै शुभकामना Set 2

५ दलिय गठबन्धन संसदीय मूल्य र मान्यतामा आधारित छैन, खारेज हुनुपर्छ : एमाले उपाध्यक्ष नेम्वाङ

0

बुटवल ।
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले अहिलेको गठबन्धन दूषित रहेकाले यो गठबन्धन रहिरहन नहुने बताएका छन् । बिहीबार बुटवलमा प्रेस चौतारी रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अहिले रहेको ५ दलिय गठबन्धन दुषित रहेकाले रहिरहन नहुने बताएका हुन् । यही यदि दूषित गठबन्धन रही रहे मुलुकले राजनीतिक तथा अन्य निकास नपाउने हुँदा यो मात्रै नभई कुनैपनि दूषित गठबन्धन राष्ट्रका हितमा नहुने उनले बताए ।

पूर्वसभामुख समेत रहेका नेम्वाङले अहिलेको मिश्रित निर्वाचन प्रणाली अनुसार एकल बहुमत कुनैपनि दलको आउने अवस्था नरहेको बताउँदै एकल बहुमत कसैको आउने अवस्था नरहेकाले गठबन्धन वा तालमेल आवश्यक भए पनि त्यो संसदीय मूल्य र मान्यतामा आधातिर रहेर हुनुपर्ने बताए । अहिलेको गठबन्धन संसदीय मूल्य र मान्यता विपरीत भएकाले गठबन्धन भए पनि संसदीय मूल्य र मान्यतामा आधारित रहेर हुनु पर्ने उनले तर्क गरे ।

‘हाम्रो सविधानले मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरेको छ । यो निर्वाचन प्रणाली अनुसार एउटै दलको बहुमत आउन अप्ठारो छ ।त्यसकारले गठबन्धन वा तालमेल हुन्छ,हुन्छ । यसमा विवाद भएन ।’ उनले भने ‘तर गठबन्धन र तालमेल संसदीय मूल्य र मान्यता अनुसार गर्नु पर्छ । यो अहिलेको गठबन्धन संसदीय मूल्य र मान्यता हुनु पर्छ जुन अहिलेको गठबन्धन सो मूल्य मान्यतामा छैन।’

civil bank
Comments
Loading...