दशै शुभकामना Set 1
दशै शुभकामना Set 2

अनेरास्ववियुद्धारा बाणगङ्गा नगर लाई ध्यानाकर्षण पत्र

0

पशुपती गिरी, कपिलवस्तु ।
नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले बाणगंगा भित्रका माध्यमिक विद्यालयले मासिक शूल्कमा भएको वृद्धि घटाउन आइतवार नगर लाई ध्यान आकर्षण पत्र बुझाएको छ । अनेरास्ववियुका विद्यार्थीहरुले शूल्कले मात्र विद्यालयल चलाउने बिषयमा केही विकल्प खोज्न पनि माग गरेका छन । यस्तो विषम परिस्थितीमा विद्यार्थीसँग चर्को शुल्क नलिन माग गर्दै उनिहरुले मेयर अर्याल लाई ध्यान आकर्षण पत्र बुझाएका हुन ।

माध्यमिक विद्यालयलहरुले संविधानलाई ठाडो चुनौति दिदैँ शुल्क बढाई ब्यापार गरीरहेको अनेरास्ववियुको आरोप रहेको छ ।
अनेरास्ववियुका जिल्ला अध्यक्ष दयाराम पौडेलको नेतृत्वमा गएको टोलीले अर्याल लाई बुझाएको ध्यान आकर्षण पत्रमा जनताका आधारभूत विषयमा अन्याय, अत्याचारका विरुद्धमा संघर्ष र बलिदान गर्न जस्तोसुकै अवस्थामा पनि तयार भएको उल्लेख छ ।
विद्यार्थीका रचनात्मक आन्दोलनलाई वेबस्ता गरि विद्यार्थीको ढाड सेक्ने गरि गरिएको शुल्क वृद्धिलाई खारेज नगरिए अझ कडा आन्दोलनको कार्यक्रम सार्वजनिक गर्न वाध्य हुने समेत चेतावनी दिएका छन ।

उक्त ज्ञापन पत्र अनेरास्ववियुका जिल्ला अध्यक्ष दयाराम पौडेल, सचिव सन्दिप आचार्य, सह सचिव बिष्णु घिमिरे, नगर अध्यक्ष सन्दिप न्यौपाने लगायतको उपस्थितीमा बुझाइएको थियो ।

civil bank
Comments
Loading...