चेतन विष्ट, कपिलवस्तु ।
रास्ट्रिय प्रजातन्त्र पार्टि (राप्रापा) द्धारा घोषणा गरिएको दोस्रो चरणको आन्दोलन अन्तर्गत आज कपिलबस्तु जिल्लाको बाणगंगामा रहेको लक्षमणघाट धाममा पुजा गरीएको छ । हिन्दु रास्ट्र पुन्स्थापनको लागि दबाब स्वरुप राप्रपा कपिलवस्तु र नेपाल सनातन धर्म संस्कृति संगठन कपिलबस्तुको आयोजनामा आज बिहान पुजा आरधना गरीएको हो ।
राप्रपाका क्षेत्रिय अध्यक्ष प्रकाष भुषालले श्ंख फुकि मन्दिर प्ररिक्रमा गरी लक्षमणघाट नदिमा जल अर्पण गरेर लक्षमणघाट पुल सम्म पैदल यात्रा गरि पुन सोहि ठांउमा गई पुजा आरधना लाई कोणसभामा परीणत गरीएको थियो ।
कोण सभामा बोल्दै राप्रपा केन्दिय सदस्य ध्रुब रायमाझिले देशको समुचित बिकासको लागी राप्रपाको विकल्प नरहेको बताउनुभएको थियो । विगतमा नेपालि जनताको जनमत बिना विदेसिको ईसारमा डलरको लोभमा केहि सिमित नेतालाई किनेर नेपालमा धर्म निरपेक्ष घोषणा गरिएकोले अब ति दल र नेतालाई दण्ड गर्ने बेला आएकोले चुनावमा ति नेताको बाकस खाली गरिदिन नेता रायमाझीले जनता माझ आग्रह गर्नुभएको थियो । उहाँले नेपालको मौलिक संस्कृति र परम्परा लाई बचाउन र नेपाल लाई श्रीलङ्का र युक्रेन हुनबाट जोगाउन पनि अहिलेको चुनाबमा राप्रपा लाई जिताउनुपर्ने बताउनुभएको थियो ।
त्यस्तै केन्द्रिय सदस्य प्रमोद मिस्र, जिल्ला अध्यक्ष नारायण बहादुर सिङ लगायतले कार्यक्रम लाई सम्बोधन गर्दै अहिलेको चुनावमा जनताले विकास प्रेमी नेता खोजेको र देशको भलो चिताउने नेता राप्रपामा मात्र पाइने भएकाले चुनावमा राम्रो मत प्राप्त गर्ने विश्वास ब्यक्त गर्नुभएको थियो ।
नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष भोले बाबाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राप्रपा जिल्ला उपाध्यक्ष चन्द्र भन्डारि र भिस्म ठुगाना, प्रदेश अध्यक्ष रामु शमार्, नगर अध्यक्ष गिरिराज कडेल, युवकका नगर अध्यक्ष राजेन्द्र थारु, नगर किसान संगठनका अध्यक्ष खेमराज बेल्बास,े सचिव भिम मल्ल, महिला संगठनकी अध्यक्ष जया सुनार, सदस्यहरु दिपा चौधरी र रुकमणि चौधरि, भोगेन्द्र उचाइ ठकुरि, लगायतको उपस्तिथिमा भएको कार्यक्रमको संन्चालन भने भुमि राज गिरिले गर्नुभएको थियो ।
