परासी । लागू औषध मुद्दामा मुछिएका पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता ( दीपक) को घटनाको सत्यतथ्य छानबिन गर्न माग भएको छ। निर्दोष दुई ब्यक्तिलाई लागू औषध कारोबारमा फसाएका अध्यक्ष दीपक गुप्ताले नै आफ्नो सहयोगी मार्फत ठुलो मात्रामा लागू औषध पठाई उक्त मुद्दामा मुछिए पछि पाल्हिनन्दनका स्थानीयले घटनाको छानबीन गरि दोषीलाई कार्वाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र दिएका हुन।
नेपाली काङ्ग्रेस नवलपरासीका नेता राजेन्द्र सहानी नेतृत्वमा जिल्ला प्रशासन पुगेको टोलीले, लागू औषध प्रयोग गरि निर्दोषलाई फसाएको घटनाको सत्य तथ्य छानबिन गर्न, अनुसन्धानबाट आएको प्रतिबेदन सार्वजनिक गर्न र यसमा संलग्न दोषीला कडा कारवाहीको माग गर्दै काङ्ग्रेस र जसपाका पाल्हिनन्दन स्तरीय कार्यकर्ताहरुले प्रजीअलाई ज्ञापनपत्र बुझाएका हुन।
काङ्ग्रेस पाल्हिनन्दन गाउँ कार्यसमितिका सभापति हरिहर चौहान, पार्टीका स्थानीय नेता राजेन्द्र सहानी लगायत काङ्ग्रेस र जसपाका सय बढी कार्यकर्ता सहित प्रशासन कार्यालयको पुगेको टोलीले केस मिलाउन ठुला नेता र प्रहरीको सेटिङ भैरहेको कुरा बाहिर आएको हुनाले सोको चर्को बिरोध पनि गर्दै विभिन्न दबाबमुलक नाराबाजी समेत गरेका थिए।
यस्तो छ घटनाको प्रकार
गत असार २२ गते जिल्लाको सुनवल नगरपालिका १२ भुमहीमा बिगत लामो समय देखि कबाडीको काम गर्दै आएका भारतिय नागरिक रामा गुप्ता र जितेन्द्र पासवानलाई एकजनाले रामग्राम १७ पिपरहियामा पुरानो ट्याक्टर हेर्न बोलाए। ट्याक्टर हेर्न बोलाउने गापा अध्यक्षको सहयोगी पालिकाको कर्मचारी रघुनाथ धोबी रहेका छन।
ट्याक्टर हेर्न आएका ती दुबै जना कबाडी ब्यपारी फर्कन थालेपछी तपाईको झोला छुट्यो भनी धोबीले फोन गर्छन तर उनीहरु मेरो होइन भनी इन्कार गर्छ्न। धोबी त्यो झोला लियेर उनिहरुलाई बाटोमा भेटी तेरो झोला लेउकि लेउ भनी जिद्दी गर्न थाल्छन र प्रहरी बोलाउछ। प्रहरी आएर त्यो झोला हेर्दा ठूलो मात्रामा लागू औषध भेटाएपछी ती दुबै कबाडी ब्यपारीलाई प्रहरीले नियन्त्रणमा लिन्छ। यो घटना पुरै सेटिङ मा भएको राजेन्द्र सहानी बताउछ्न।
पक्राउ पर्ने ती दुबै जना कबाडी ब्यपारीले हामिलाई गाउँपालिका अध्यक्ष दिपक ले फसाईदियो भनी बर्बराउन थाले। गापा अध्यक्ष दीपक र ती कबाडीबीच कबाडको कारोबार हुँदै आएको थियो। लामो समयसम्म अध्यक्ष दीपकले हिसाब किताबमा नगरेको, तिर्नु पर्ने रेटमा रकम नतिरेकाले उनिहरु अन्त करोबार गर्न थालेपछि उनीहरुलाई फसाउने र मार्ने समेतको त्रास धम्की अध्यक्ष दीपकले दिदै आएका थिए । र सोही अनुसार अध्यक्ष दीपकले योजना बनाई आफ्नो सहयोगी कर्मचारी रघुनाथ धोबीलाई प्रयोग गरि ती दुई निर्दोषलाई फसाएको ज्ञापनपत्रमा उल्लेख छ।
उक्त घटना बाहिर आएपछि प्रहरीले विशेष टोली प्ररिचालन गरि अनुसन्धान गर्न थाल्यो। अनुसन्धानको प्रारम्भिक रीपोर्ट अनुसार अध्यक्ष दीपक र रघुनाथ धोबीको पटक पटक कल भएको कल डीटेल भेटिएको छ। उक्त घटना मुख्य आरोपित रघुनाथ धोबी फरार थिए तर एक महिना पछी प्रहरीले उनलाई पक्राउ गरेको छ।
यता यो घटना मिलाउन अध्यक्ष दीपक प्रचण्ड सम्म एक्सेस पुर्याई रहेको बजारमा हल्ल फिजिए पनि यश बिषयमा भने कुनै ठोस प्रमाण भेटिएको छैन। घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको नेता राजेन्द्र सहालीले, यसमा सलग्ङ्न दोषीलाई कर्वाही हुनु पर्ने माग राख्छन। उनी भन्छन घटना ढाकछोप र अनुसन्धानमा फितलो गरियो भने चरणबद्ध आन्दोलनमा उतृने चेतावनी समेत दिएका छन।
यता गापा अध्यक्ष दीपक गुप्ता आजभोलि भागेफिरे छन। दिनहु गापा कार्यालय आएका छन। यो घटना मिलाउन लुक्दै काठमाडौ धाउदै आएको सहाली बताउछन।