लैंगिक समानताको बलियो आधार सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार भन्ने मूल नाराका साथ बुद्धभुमि नगरपालिका २ ले सोमबार(आज) ११३ औं अन्तराष्टिय नारि दिवस मनाएको छ।
थारु कल्याणकारिणी सभा हलमा भएको कार्यक्रममा नेपालकाे संविधानमा व्यवस्था गरेको महिलाका अधिकारहरु के के छन् ,नेपाली समाजमा कस्ता महिला हिंसा छन्, हिंसा हुनुका कारण के के हुन्, हिंसा भएमा के गर्ने, हिंसा न्यूनीकरण गर्न के गर्ने, महिला अधिकार वा सशक्तीकरण किन आवश्यक छ, हिंसाका दोषी को हुन सक्छन्, हिंसाबाट वच्न के गर्ने, कसरी आत्मरक्षा गर्ने सम्बन्धमा अन्तर्कृया एवम् सचेतना कार्यक्रम गरिएको छ ।
समाजमा छुवाछुत, श्रम शोषण, लैंगिक विभेद जस्ता विभिन्न महिला हिंसाहरु बिधमान रहेको र महिलाहरुमा शिक्षाको कमि, शारीरिक रुपमा महिला कमजोर हुनु, आत्मसक्षम नहुनु, पुरुष प्रधान समाज, सशक्तीकरणको अभाव, मादक पदार्थ सेवन, परम्परागत मान्यता, कुरिती, धार्मिक प्रचलन आदि कारणले महिला हिंसाहरु थुप्रै हुने गरेको अन्तरक्रियाले निष्कर्स निकालेको छ ।
कुनैपनी प्रकारको हिंसा भएमा सहनु हुदैन र त्यसको कानुनी उपचार खोज्नुपर्ने प्रशिक्षक कृष्ण बन्जाडेले बताउनुभयो। महिला र पुरुष दुबैको हातेमालो, सामुहिक सोच, एक आपसमा सम्मान एवम् सद्भाव र पुरुषवादी एकल सोचको अन्त्यले मात्र हिंसा न्यूनीकरण हुने वडा अध्यक्ष सुरज प्रताप राणाले बताउनुभयो। सबैको सामुहिक सोच, सकारात्मक चेत र प्रयत्नले मात्र महिला हिंसा कम गर्न सकिने राणाले बताउनुभयो।
शिवाली थारुको अध्यक्षता वडा अध्यक्ष सुरज प्रताप राणाको प्रमुख आथित्यता रहेको कार्यक्रममा वडास्तरीय महिला समुह, आमा समुह, स्वयमसेविका, बुद्दिजिवि, पत्रकार लगायतको उपस्थिति रहेको कार्यक्रमको संचालन सुमित्रा भुसालले गर्नुभएको थियो।
अघिल्लो समाचार
अर्को समाचार
Comments